काठमाडौं । लागूऔषध बिक्री गरेको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
लागू औषधसहित पक्राउ परेका एक युवकले उक्त लागूऔषध श्रेष्ठको औषधि पसलबाट खरिद गरेको भनेपछि श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले जानकारी दिनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वसांसदसमेत रहेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीवार नियन्त्रणमा लिएको हो ।
कास्कीको पोखरा महानगरपालिका– २ बाग्लुङ बसपार्कमा ट्रुपेन (टपान्टाडोल) नामक ९७ पिस ट्याब्लेटसहित पक्राउ परेका प्रकाश थापामगरको बयानका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको पाइएको छ ।
श्रेष्ठको फार्मेसीबाट डाक्टरको प्रेस्क्रिप्सनबिनै ट्रुपेन बिक्री गरेको पाइएपछि श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीको दाबी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच