काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले पदभार ग्रहण गर्नुभएको छ । शुक्रबार बोर्डको कार्यालयमा आयोजित एक कार्यक्रमबीच उहाँले पदभार ग्रहण गर्नुभएको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
सरकारले २७ साउनमा खुला प्रतिस्पर्धाबाट सिइओ नियुक्त गर्न आवेदन मागेको थियो । आवेदन दिएकामध्ये अन्तिम पाँचमा पर्नुभएका ज्ञवालीलाई नियुक्त गरिएको हो । सिफारिस समितिले ज्ञवालीसहित अर्घाखाँचीका विष्णुप्रसाद भट्टराई, तनहुँका रघुराज काफ्ले, धनुषाका रामदेव यादव र भीष्मराज ढुंगानालाई सिफारिस गरेको थियो । उनीहरूमध्ये तीनजनाको अन्तिम सूची तयार गरी मन्त्रिपरिषद्लाई सिफारिस गरिएको थियो । ज्ञवाली केही वर्षअघि भूकम्पपछिको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सिइओ हुनुहुन्थ्यो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच