हेटौंडा।मकवानपुरमा पहिलोपटक मकवानपुर जिल्ला भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान हेटौंडा तथा छहारी युवा सेवा समाज हेटौंडाको आयोजनामा आगामी असोज ३, ४ र ५ गते भेट्रान्स भलिबल प्रतियोगिता हुन लागेको हो ।
तुलसी मेहर मेमोरियल आवासीय माध्यमिक विद्यालयको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा मकवानपुर जिल्लालाई बिगत १ वर्षदेखि कर्मथलो बनाई आर्मी, प्रहरी र सशस्त्र प्रहरी संगठन बाहेकका विभिन्न संघ संस्थामा कार्यरत ४० वर्ष पूरा भएका बाहिरी जिल्लाका कर्मचारीहरुले पनि सहभागिता जनाउन पाउने छन् । खेल अझै स्तरीय बनाउन एउटा टिममा २ जना ३५ वर्ष पूरा भएका खेलाडीहरु पनि समावेश गराउन पाउने नियम बनाइएको ३५ वर्षमाथिका खेलाडी भने मकवानपुरकै हुनुपर्नेछ । प्रत्येक टिममा १० जना खेलाडीका साथ १, १ जना टिम प्रशिक्षक र टिम मेनेजर गरी जम्मा १२ जना हुनुपर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार र द्वितीय टिम १५ हजारका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ट बिधालाई पनि नगद तथा ट्रफी सम्मान गरिने छ । ३ दिनसम्म चल्ने प्रतियोगिता संचालन गर्नको निम्ति करिब १ लाख पचास हजार लाग्ने अनुमान गरिएको प्रायोजक तुलसी मेहर मेमोरियल आवासीय माध्यमिक विद्यालयका प्राचार्य रघुनाथ खरालले बताउनुभयो । जिल्लाभरबाट करिब १० टिमको सहभागिता हुने अनुमान गरिएको आयोजक टिमका पुष्पराज मैनालीले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच