काठमाडौं । रणनीतिक लगानीमार्फत् दिगो विकास भन्ने नाराका काठमाडौंमा आयोजित लगानी सम्मेलन सम्पन्न भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघ(सिएनआई)को संयुक्त आयोजना तथा लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यवसायी समुदाय (वाइसिएनसी) को सहआयोजनामा भएको पूर्वाधार सम्मेलन समापन गर्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको समग्र आर्थिक विकासका लागि भौतिक पूर्वाधारको विकास अपरिहार्य रहेको बताउनुभयो । उहाँले सरकारले केही समयअघि आयोजना गरेको लगानी सम्मेलनका बेला केही कानुनमा सुधार गरी लगानीका लागि उपयुक्त वातावरण बनाएको उल्लेख गर्दैै पूर्वाधार सम्मेलनमा आएका सुझाव पूर्वाधार विकासका लागि महत्वपूर्ण हुने बताउनुभयो ।
सम्मेलनमा आएका सुझाव नेपाल सरकारले ग्रहण गरी सोहीअनुरूप सुधार गर्ने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो । सिएनआईले समग्र आर्थिक विकासका लागि रचनात्मक भूमिका खेल्दै आएको उल्लेख गर्दै दाहालले पूर्वाधार सम्मेलनलाई समेत त्यसैको निरन्तरताका रूपमा लिएको बताउनुभयो ।
सिएनआईका अध्यक्ष राजेशकुमार अग्रवालले सम्मेलनमा दिगो पूर्वाधार अभ्यासदेखि नवीन वित्तीय मोडेलसहित पूर्वाधार विकासमा प्रादेशिक र स्थानीय सरकारको भूमिकासम्मका विषयमा गहनरूपमा छलफल भएको बताउनुभयो । नेपालको दिगो विकास अघि बढाउन रणनीतिक लगानीको महत्वका विषयमा आएका सुझाव नेपाल सरकारलाई उपलब्ध गराउने उहाँले जानकारी गराउनुभयो ।
सम्मेलनमा पूर्वाधार विकासका मोडल, नेपालमा लागू गर्न सकिने व्यावहारिक पक्ष पहिचान तथा नेपालका पूर्वाधार परियोजना आर्थिकरूपमा मात्र नभई सामाजिक र वातावरणीयरूपमा पनि दिगो छन् भनी सुनिश्चित गर्न चाल्नुपर्ने कदमबारे स्पष्टरूपमा सुझाव आएको उहाँले बताउनुभयो ।
समापन समारोहमा सिएनआईका प्रेसिडेन्ट एम्रेट्स विनोद चौधरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मालगायतले पूर्वाधार सम्मेलनले पूर्वाधार विकासका लागि नेपालले ध्यान दिनुपर्ने विषयमा विदेशी एवं स्वदेशी विज्ञबाट महत्वपूर्ण सुझाव आएको बताउनुभयो । उहाँले सम्मेलनमा प्राप्त सुझाव सरकारले ग्रहण गर्दै कार्यान्वयनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पाँचौँ संस्करणको नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२४ को टाइटल स्पोन्सर बिवाइडी र कोटाइटल स्पोन्सर शिवम् सिमेन्ट रहेका थिए भने दुर्ई दर्जनभन्दा बढी संस्थाले सहकार्य गरेका थिए ।
निजी क्षेत्रमैत्री नीतिले मात्रै अर्थतन्त्र सुधार
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले निर्वाध कार्य गर्न नीतिगत स्थायित्व आवश्यक रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषका मिसनसँगको भेटमा उहाँले नेपाली अर्थतन्त्र र सामाजिक संरचना बुझेर नीतिगत सुझाव दिन र नीति तयार पार्न कोषलाई पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाली अर्थतन्त्रको संरचना र चरित्र केही फरक छ, सोहीअनुसार नीति बनाउन सकिएन भने सुधारमा ढिलाइ हुन्छ ।’
ढकालले नेपालमा हाल बैंकिङ प्रणालीमा उच्च तरलता देखिएको र ब्याजदर घटेको भए पनि निजी क्षेत्रबाट लगानीको माग कम रहेको बताउनुभयो । उहाँले महासंघले बैंकहरूलाई आफ्नै शर्तमा ऋण दिन लचिलोपन प्रदान गर्न आग्रह गरिएको जानकारी दिँदै अत्यधिक नियमनले बैंकिङ क्षेत्र र निजी व्यवसाय दुवैको विश्वासमा गिरावट ल्याउन सक्ने बताउनुभयो । ढकालले निजी क्षेत्रको सुझावमा सरकारले घोषणा गरेको नयाँ पुस्ताका सुधारले समाधानका उपाय निकाल्न सक्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
उहाँले पछिल्लो लगानी सम्मेलनका क्रममा लगानी बढाउन आठवटा कानुनमा संशोधन भएको र द्विपक्षीय लगानी सम्झौताको खाकासमेत तयार भएको जानकारी गराउनुभयो । त्यसैगरी उच्च विदेशी विनिमय सञ्चिती, सकारात्मक भुक्तानी सन्तुलनको अवस्थामा पनि विदेशी लगानी आकर्षित हुन नसकेको अवस्थामा कोषले नेपालको प्रवद्र्धनमा सहयोग पु¥याउनुपर्ने उहाँको आग्रह थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच