काठमाडौं । ज्ञान निकेतन र भ्याली पब्लिकले प्रथम आरआरए उपत्यकाव्यापी अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । ज्ञान निकेतन ब्वाइज तथा भ्याली पब्लिक गल्र्समा च्याम्पियन बने ।
रेडियन्ट रिडर्स एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा ज्ञान निकेतनले पुष्पसदनलाई १७-९ ले पराजित गर्यो । ओएसिस् तेस्रो भयो ।
रेडियन्ट रिडर्सको २५औं वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगिताको गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले रेडियन्ट पब्लिकलाई १६-९ ले हरायो । सेन्ट मेरिज तेस्रो बन्यो । दुवै समूहका विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले पाँच हजार नगद पुरस्कार प्राप्त गरे ।
ब्वाइजमा ज्ञान निकेतनका आशालाल श्रेष्ठ तथा गल्र्समा भ्याली पब्लिककी लोरिशा गौचन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो ।
विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, रेडियन्टका संस्थापक प्रिन्सिपल डीके ढुंगाना र स्कुल डाइरेक्टर लक्ष्मी न्यौपाने, ललितपुर महानगरपालिका वडा २ का अध्यक्ष राजेश महर्जन, नेबिको प्रा.लि. प्रबन्ध निर्देशक अरुण पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । तीनदिने प्रतियोगिताको ब्वाइजमा ३२ तथा गल्र्समा १८ गरी ५० टिमको सहभागिता रहेको रेडियन्टका इसीए इन्चार्ज राजेन्द्र कपालीले जनाउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच