मेची लोकमार्गको बिकल्प खोजिदै

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 3 mins

इलाम । मेची लोकमार्गको इलाम नगरपालिकामा पर्ने माईखोला-राजदुवाली खण्डको सडक भास्सिने क्रम नरोकिँदा यात्रा कष्टकर मात्र हैन जोखिम पनि उत्तिकै बढ्दो छ । समस्या समाधानका लागि वर्षेनी लगानी थपिदै गए पनि वालुवामा पानी सरह भएपछि यो खण्डको विकल्प खोज्नु पर्नेमा सरोकारवाला पुगेका छन् ।

डिभिजन सडक कार्यालय इलामले करोडौ रूपैयाँ खर्चिएर नयाँ प्रविधिमा आधारित एङ्करिङ विधिबाट सडक मर्मतको काम गरेपनि सडक भास्सिने क्रम रोकिएन । बारम्बार सडक भास्सिएपछि राजदुवालीमा करिव छ करोड खर्च गरेर एङ्करिङ प्रबिधिबाट काम गरिएको थियो । पूर्वी नेपालमा परीक्षणको रूपमा पहिलोपटक यहाँ एङ्करिङ गरिएको हो । यसले माटो भास्सिएर वा अन्य कारणले ठेलिएर तल सर्न वा पहिरो जानबाट रोक्ने भनिए पनि टिक्न सकेन ।

बर्षेनी करौडौ खर्च गरेर सडक बनाउने प्रयास भइरहे पनि सफल हुन नसकेको इलाम उद्योग वाणिज्य संघ, इलामका अध्यक्ष कृष्ण पौडेलको भनाई छ । उहाँका अनुसार ठूलो रकम खर्चेर सडक मर्मत गरे पनि राजदुवालीदेखि भञ्ज्याङसम्म करिब ३ किलोमिटर कालोपत्रे सडकखण्ड जोखिमपूर्ण बनेको हो ।

पानी परेको समयमा ठूला गाडीलाई मात्र हैन मोटर साइकल र साना गाडीलाई पनि ओहोरदोहोरमा कठिनाई छ ।

यता भर्खरै निर्माण गरिएका ग्याविन जाली पनि लच्कन थालेपछि सडकको जोखिम झन थपिएको सडक डिभिजन कार्यालय इलामका इन्जिनियर विपिन ढुङ्गानाको भनाई छ । ढुङ्गानाका अनुसार माईखोला-गोलाखर्क -भञ्ज्याङ खण्डका करीब आधा दर्जन स्थानमा वर्षौंदेखि सडक भासिने गरेको छ । यसको विकल्पमा इलाम नगरपालिका १० को सिमल गोलाईवाट तिल्नेकेनी जोड्ने सडकलाई वैकल्पिकरुपमा प्रयोग गर्र्नु पर्ने एक थरिको भनाई छ भने केहिले कुुडुुले वेसीहुुँदै निर्माणाधिन केचना कंचनजंघा सडकखण्डमा राजमार्गलाई जोड्नुु पर्ने वताएका छन् ।

साविकका मेची अञ्चलसहित तेह्रथुमको आठराईसम्मका बासिन्दाकालागि लाइफलाइनकोरुपमा रहेको यो सडकको दिगो समाधानकालागि वेलेमा ध्यान नदिए कुुनै पनि वेला सडक अवरोध भएर ठूूलो क्षेत्रका बासिन्दा प्रभावित हुुन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?