
काठमाडौं । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसदमा पेश भएको छ ।
सहकारी छानबिन आफ्नो प्रतिवेदनलाई अन्तिम रुप दिएसँगै आज संसदमा पेश गरिएको हो ।
छानबिन समितिका सभापति सूर्यबहादुर थापाले प्रतिनिधिसभाको आजको बैठकमा प्रतिवेदन पेश गर्नुभएको थियो ।
उहाँले समितिले ४५१ जनासँग छलफल गरेको जानकारी गराउँदै १४ वटा बैठकमा आरोपित ४७ जना र गोर्खा मिडियाका ५५ जनासँग छलफल गरेको जानकारी दिनुभयो ।
समितिले ४० वटा सहकारी संस्थाको सहकारी अपचलनको विश्लेषणात्मक अध्ययन गरेको उहाँले उल्लेख गर्नुभयो ।
१५ जेठमा गठन भएको संसदीय विशेष समितिको २२ जेठमा पहिलो बैठक बसेको थियो । तीन महिना अवधि पाएको समितिले तोकिएको समयमा काम नसकिएपछि थप १५ दिन समय पाएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच