व्यवसायी शरद गौचन हत्यामा समिरमान र अम्बरबहादुर रानालाई जन्मकैद

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जिल्ला अदालत काठमाडौंले गुण्डा नाइके समिरमान सिंह बस्नेत र अम्बरबहादुर रानालाई जन्मकैदको फैसला सुनाइएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बस्नेत र रानालाई जन्मकैदको फैसला सुनाएको हो।

हत्यामा मुख्य योजनाकार भनिएका बस्नेतसहित अम्बरबहादुर रानालाई पनि जन्मकैदको फैसला सुनाइएको छ।

सोही आरोपमा दोषी ठहर भएका लोप्साङ लामालाई १५ वर्ष, माया शेरचनलाई १० वर्ष कैद सजाय र ६० हजार रुपैयाँ जरिवाना निर्धारण भएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष गौचनको २३ असोज २०७४ मा काठमाडौंको बानेश्वर खरीको बोट नजिकै गोली हानी हत्या भएको हो थियो । गोली प्रहार भएलगत्तै अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?