‘सूचनाप्रविधि क्षेत्रले पनि देशको अर्थतन्त्रमा मुख्य योगदान दिन सक्दछ’

गीता अधिकारी
Read Time = 11 mins

वेभ डेभल्पमेन्टमा आफूलाई व्यस्त राख्दै आएको नाम हो रवि नेपाल । उहाँले विभिन्न एप्लिकेसनहरू निर्माण तथा डिजाइन गर्दै आउनुभएको छ । आफूलाई मनपर्ने विधा भएकाले यो क्षेत्रमा आकर्षित भएको बताउनुहुने उहाँले यो क्षेत्रमा यतिबेला आफ्नो कुशलता प्रस्तुत गरिरहनुभएको छ । नेपाल सरकार तथा विभिन्न अन्य निकाय संस्थान तथा प्राइभेट कम्पनीहरूको वेभसाइटहरू निर्माण गर्ने तथा व्यवस्थापन गर्ने कार्य गरिरहनुभएको । सूचनाप्रविधि क्षेत्रले पनि देशको अर्थतन्त्रमा मुख्य योगदान दिन सक्दछ भन्नुहुने वेभ डेभलपर रवि नेपालसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अशंः-

पछिल्लो समय के गर्दै हुुनुहुन्छ ?
पछिल्लो समय म वेभ डेभलप्मेन्ट का साथै विभिन्न अरू डेभलप्मेन्टसम्बन्धी काममा व्यस्त छु भन्नुपर्ला । जस्तै विभिन्न एप्लिकेसन निर्माण तथा डिजाइन गर्ने कार्यमा आफूलाई संलग्न गराउँदै आएको छु ।

यो क्षेत्रमा कसरी आकर्षित हुनुभयो ?
यो क्षेत्र मलाई असाध्यै मनपर्ने विधा भएकाले यो क्षेत्रमा म आकर्षित भएको हुँ । मेरो धेरै साथी यो क्षेत्रमा लागेको हुनाँले मलाई पनि यो क्षेत्रले आकर्षित गरेको हो ।

वेभ डेभलपर र डिजाइनर भनेको के हो ?
वेभ डेभलपर र डिजाइनरमा धेरै भिन्नता छ । जस्तै डेभलपरले सम्पूर्ण वभ सम्बन्धित कार्य गर्दछन् निर्माण व्यवस्थापन का साथै समय समयमा फलोअप गर्ने समय समयमा अपडेट गर्ने कार्य पर्दछन् भने डिजाइनरले सम्पूर्ण डिजाइनसम्बन्धी कार्य गर्दछन् । यो भन्नाले सबै वेभसाइटमा देखिने कम्पोनेन्टहरूलाई कुन कहाँ राख्ने तथा कसरी राख्दा प्रयोगकर्तालाई सहजका साथै प्रयोगकर्ता आकर्षित गर्ने भन्ने कार्य गर्दछन् ।

आइटी पढेर कस्तो-कस्तो पद/काममा जागिर पाइन्छ ?
आइटी पढेर विभिन्न क्षेत्रमा कार्य गर्न सकिन्छ । आइटिको क्षेत्र धेरै नै विधामा प्रयोग हुने गरेको छ आइटी अफिसर, वेभ डिजाइनर, वेभ डेभलपर, डाटावेस व्यवस्थापन, डाटा एनालिस्ट, सिस्टम डेभलपर तथा डिजाइनर, क्वालिटी अस्योरेन्स इन्जिनियर, ग्राफिक्स डिजाइनर, इथिकल हृयाकर धेरै रहेको छ । जसले गर्दा धेरै दैनिक कार्यमा सहजता प्रदान गर्दछ ।

यहाँले गरेका केही महत्वपूर्ण कार्यको नाम लिनुपर्दा ?
मैले नेपाल सरकार तथा विभिन्न अन्य निकाय संस्थान तथा प्राइभेट कम्पनीको वेभसाइटहरू निर्माण गर्ने तथा व्यवस्थापन गर्ने कार्य गरेको छु ।

सफ्टवेयर तथा हार्डवेयरमा हामी अन्तर्राष्ट्रि स्तरमा हामी विकसित देशको तुलनामा धेरै पछाडि छांै । यसको मुख्य कारणमा यसमा हाम्रो खासै लगानी भएको पाइँदैन । हार्डवेयरको क्षेत्रमा नेपालमा त्यति उत्पादन छैन । हामीले उत्पादन गर्ने सफ्टवेयरमात्र हो । हुन त सफ्टवेयर सिर्जनशीलतासँग जोडिन्छ । यो पाटोबाट हेर्दा भने नेपाल सूचना प्रविधिको विकासमा अग्रसर नै छ । हामीकहाँ नेपालीले नै बनाएका एप्लिकेशन तथा सफ्टवेयर र विदेशीले बनाएका केही एप्लिकेशन रहेका छन् । हामी यो क्षेत्रमा उदीयमान हौं । यसका लागि धेरै कुरा गर्नुपर्नेछ । सूचनाप्रविधि क्षेत्रले पनि देशको अर्थतन्त्रमा मुख्य योगदान दिन सक्दछ भन्ने मलाई लाग्छ । यो बुझेर हाम्रा नीति निर्माताकर्ताहरूले यसलाई प्राथमिकतमा राख्न जरुरी छ ।

नेपालमा आफूसँग भएको ज्ञान उपयोग गर्ने ठाउँ नै भएन भन्ने गरेको केही वेभ डेभलपर र डिजाइनरहरूको गुनासो यदाकदा सुन्ने गरिन्छ नि ! वास्तविकता के हो ?
वेभ डेभलपर र वेभ डिजाइनरको क्षेत्रमा नेपालमा पर्याप्त सम्भावनाहरू छन् । यसका पर्याप्त कारणहरू विकासको मागः वेभ डेभलपमेन्ट र डिजाइनमा पनि वृद्धि देखिन्छ । उद्योग र सरकारी क्षेत्रसहित अनेक संगठनले वेभसाइटको आवश्यकता देखाउँछ । उद्यमीहरूले आफ्नो व्यवसाय वा सेवालाई वेभसाइटमा प्रस्तुत गर्न अधिक ध्यान दिँदैछन् । यसले के देखाउँछ भने वेभ डेभलपर, डिजाइनरको क्षेत्रमा नेपालमा पर्याप्त सम्भावना छन् र यसले योग्यता तथा कौशलको विकास गरी आगामीमा सफलतापूर्वक काम गर्ने सम्भावना प्रदान गर्दछ ।

नेपालमै बसी-बसी विदेशको काम यहीबाट हुने गरेको कमाइ पनि राम्रो हुने गरेको भन्ने सुनिन्छ, यसका बारेमा जानकारी गराइदिनुहोस् न ?

वेभ डेभलपमेन्टका क्षेत्रमा अनलाइन फ्रिल्यान्सिङमा काम गर्ने वेभ डेवलपरले विभिन्न प्रकारका प्रोजेक्टको विकास गर्दछन् । विश्वको कुनै पनि ठाउँमा बसेर या नेपाल बसेर बाहिरको सेवा र बाहिर बसेर नेपालमा सेवा प्रदान गर्न सकिन्छ । हो, तपाईंले भनेजस्तै यसमा राम्रो कमाइ हुने गर्दछ ।

हाम्रा हरेक कुरा प्रविधिमैत्री हुँदै जाँदा साइबर सुरक्षाको विषय जटिल बन्दै गएको भन्ने सुनिन्छ नि ?
साइबर सुरक्षा खतराहरू अनलाइन संवाद र सूचनाको उपयोग गर्दा उत्पन्न हुन सक्छ, जुनले व्यक्तिगत जानकारी, विशेषज्ञता, व्यावसायिक प्रक्रिया, अन्य महत्वपूर्ण डेटालाई प्रभावित गर्न सक्दछ । हामीले आफ्ना गोप्य सूचना सार्वजनिक गर्न हुँदैन । फेरि यसमा हृयाक तथा अन्य समस्या भएकाले हामीले हाम्रो चाबीलाई मजबुत बनाउन जरुरी छ । साइबर अपराधीले नयाँ-नयाँ प्रकारका तरिका अपनाउने गरेको देखिन्छ । यी सबै उनीहरूले सिस्टम र टेक्नोलोजीलाई नै आधार बनाएर अपराध गर्ने गर्दछन् । यसलाई रोक्न सजग र सचेत हुन आवश्यक छ ।

सफ्टवेयर तथा हार्डवेयरमा हामी अन्तर्राष्ट्रि स्तरमा कुन स्थानमा छौं ?
हामी विकसित देशको तुलनामा धेरै पछाडि नै छौ । यसको मुख्य कारणमा यसमा हाम्रो खासै लगानी भएको पाइँदैन । हार्डवेयरको क्षेत्रमा नेपालमा त्यति उत्पादन छैन । हामीले उत्पादन गर्ने सफ्टवेयरमात्र हो । हुन त सफ्टवेयर सिर्जनशीलतासँग जोडिन्छ । यो पाटोबाट हेर्दा भने नेपाल सूचना प्रविधिको विकासमा अग्रसर नै छ । हामीकहाँ नेपालीले नै बनाएका एप्लिकेशन तथा सफ्टवेयर र विदेशीले बनाएका केही एप्लिकेशन रहेका छन् । हामी यो क्षेत्रमा उदीयमान हौं । यसका लागि धेरै कुरा गर्नुपर्नेछ । सूचनाप्रविधि क्षेत्रले पनि देशको अर्थतन्त्रमा मुख्य योगदान दिन सक्दछ भन्ने मलाई लाग्छ । यो बुझेर हाम्रा नीति निर्माताकर्ताले यसलाई प्राथमिकतमा राख्न जरुरी छ ।

समय-समयमा हाम्रा साइटहरू हृयाक हुनेगरेको पाइन्छ । यसको मुख्य कारण चाहिँ के होला ?
मुख्य कुरा हाम्रो आफ्नो चाबी मजबुत नभएको हो । यसमा हाम्रो चेतना र ज्ञानको पनि कमी छ । साइबर सुरक्षा किन आवश्यक छ भन्ने बुझेको जनशक्ति आवश्यक छ । साइबर सुरक्षा अथवा डिजिटल डेटा सुरक्षामा अहिले एकदमै पुछारमा छ । हाम्रो कमजोरी भनेको नै यस क्षेत्रमा लगानी नहुनु हो भन्ने लाग्छ ।

यो साइबर अपराध भनेको के हो ?
विद्युतीय उपकरण कम्प्युटर, मोबाइल, तथा यसको नेटवर्कका माध्यमबाट हुने कुनै पनि प्रकारका आपराधिक कार्यलाई साइबर अपराध मानिन्छ । इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इण्टरनेट फ्रड, अर्काको पहिचान अनाधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउण्ट आदिको चोरी गरी गरिने बैंकिङ कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पु¥याउने क्षतिलगायत अवैधानिक कार्यलाई पनि विश्वका अधिकांश मुलुकका कानुनले साइबर अपराध मानेको छ । साइबर क्राइमलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय एवं क्षेत्रीयगत रूपमा विभिन्न कानुन बनेका छन् । संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन, युरोपियन युनियनलगायतले आफ्ना सदस्य राष्ट्रका लागि साइबर अपराधविरुद्ध ऐन र नियम ल्याइरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?