
म्याग्दी । खाना पकाउनका लागि दाउरा र सिलिन्डर ग्यासको प्रयोग गर्दै आएका म्याग्दीको ग्रामीण भेगका जनताको भान्छामा अब विद्युतीय चुल्हो (इन्डक्सन) जडान गरिने भएको छ ।
धौलागिरी सामुदायिक स्रोत विकास केन्द्र (डिसिआरडिसी) बागलुङले पहिलो चरणमा म्याग्दीका बेनी नगरपालिका,मालिका,धवलागिरि र अन्नपूर्ण गाउँपालिका गरी चार स्थानीय तहका नागरिकलाई ५० प्रतिशत अनुदानमा विद्युतीय चुल्हो जडान गरिदिने भएको हो ।
गण्डकी प्रदेशभित्रको चार जिल्ला म्याग्दी, कास्की, गोरखा र तनहुँमा सञ्चालन भएको परियोजनामा पहिलो चरणमा म्याग्दीका चारवटा स्थानीय तहका नागरिकलाई इन्डक्सनमा २ हजार ७० रुपैयाँ अनुदान, विद्युत महसुलमा ४ महिनाका लागि ५ सय ५० रुपैयाँ, अति विपन्न, दलित, पछडिएका र महिला नेतृत्व भएकालाई किचन वाइरिङ र मिटर स्तरोन्नतीमा एक हजार छ सय ५० रुपैयाँ अनुदाइ दिइ विद्युतीय चुल्हो जडान गर्न लागिएको डिसिआरडिसी बागलुङका अध्यक्ष सिर्जना थापाले जानकारी दिनुभयो ।
उहाँले विद्युतीय उपकरण तथा इन्डक्सन चुल्हो प्रयोगका बारेमा सर्वसाधारणलाई सचेत गराई सहुलियत सहित विद्युतीय चुल्हो जडान गरिने बताउनुभयो ।
एउटा इलेक्ट्रिक चुल्होलाई रु चार हजार आठ सय पर्ने गरेको छ । विद्युतीय चुल्होको प्रयोगले धुवाँजन्य प्रदूषण घटाइ कार्बनडाइअक्साइड उत्सर्जन न्यूनीकरण र जलवायु परिवर्तनमा सकारात्मक योगदान पुग्ने उहाँको भनाइ रहेको छ ।
त्यसका साथै विद्युतीय चुल्होको प्रयोगले खर्च घटाउने, दुर्घटनाको जोखिम कम हुने,प्रदूषणको मात्रा अत्यन्तै न्यून र तथा ऊर्जा खेर जाने दर अत्यन्तै कम हुने बताइएको छ । अनुदानका लागि फारम भर्नुपर्ने छ भने प्रयोगका बारेमा सहजकर्ताले स्थलगत रुपमा समेत जानकारी दिने अध्यक्ष थापाले बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच