काठमाडौं । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन(एफएओ)ले एसिया प्रशान्त क्षेत्रका कृषि उत्पादन प्रणालीलाई रूपान्तरण गर्न नयाँ विज्ञान र नवप्रवर्तन नेटवर्क सुरु गरेको छ । दिगो कृषि उत्पादन प्रणालीको रूपान्तरणले धेरै नीतिगत तहमा समन्वयात्मक प्रतिक्रियाको आवश्यकता पर्ने भएकाले एसिया प्रशान्त क्षेत्रमा खाद्य सुरक्षा र जीविका सुनिश्चित गर्न राष्ट्रसंघको खाद्य र कृषि संगठनले चीनमा ‘एक देश एक उत्पादन’ दोस्रो क्षेत्रीय आयोजनात्मक समूहको बैठक आयोजना गरिएको छ ।
एफएओका अनुसार प्रशान्त क्षेत्रका २२ देशहरूले २० वटा विशेष कृषि उत्पादनको पहिचान गरेका छन्, जसमा केही सामान्य चामलभन्दा कम परिचित छन् तर विशाल सम्भावना राख्छन् । तीन उत्पादनले अझै पूर्णरूपमा अनुसन्धान र कृषि विकास कार्यक्रमको लाभ प्राप्त गरेका छैनन् । तर, तीन उत्पादन खाद्य सुरक्षा र स्वस्थ आहार सुनिश्चित गर्न महत्वपूर्ण उदाहरणहरू हुन् । उच्च मूल्यका घरेलु, क्षेत्रीय र अन्तर्राष्ट्रिय मूल्य शृंखलामा र बजारमा समावेश गरिने सम्भावना छ । एफएओका सहायक महासचिव तथा एसिया र प्रशान्तका क्षेत्रीय प्रतिनिधि जोङ जिन किमद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विज्ञान र नवप्रवर्तनलाई अगाडि ल्याएर यो नयाँ नेटवर्कले देशलाई आफ्ना विशिष्ट कृषि उत्पादनको मूल्य अधिकतम बनाउन मद्दत गर्नेछ । हामी सांस्कृतिकरूपमा महत्वपूर्ण र पारिस्थितिकरूपले अनुकूल विकास गरेर समावेशी वृद्धि, दिगो कृषि र सुधारिएको खाद्य सुरक्षा सुनिश्चित गर्ने मार्गहरू सिर्जना गर्दैछौँ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच