विज्ञापन मार्केटिङलाई अभिमुखीकरण

Read Time = 2 mins

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले विज्ञापन बोर्डलाई नियमनकारी निकायका रूपमा विकास गर्दै विज्ञापन बजार व्यवस्थित र मर्यादित बनाउन मन्त्रालयले सहयोग गर्ने बताउनुभएको छ । बोर्डद्वारा काठमाडौंमा आयोजित विज्ञापन व्यवसायमा संलग्न जनशक्तिको क्षमता विकाससम्बन्धी कार्यक्रमको शुक्रबार उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

बोर्डका अध्यक्ष लक्ष्मण हुमागार्इंले विज्ञापन व्यवसायलाई मर्यादित बनाउन, विज्ञापन एजेन्सी र सञ्चार माध्यमबीचको सम्बन्ध मजबुत बनाउन कार्यक्रमबाट सहयोग पुग्ने बताउनुभयो । नेपाल विज्ञापन संघ (आन) का वरिष्ठ उपाध्यक्ष नारायणकुमार श्रेष्ठले बोर्डले क्षमता अभिवृद्धि कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमले नेपाली युवा नेपालमै केही गर्न प्रेरित भई प्रतिभा पलायन कम हुने विश्वास व्यक्त गर्नुभयो ।

शनिबारसम्म सञ्चालन हुने कार्यक्रममा विज्ञापन एजेन्सी तथा मूलधारका आमसञ्चारमाध्यमका बजार व्यवस्थापनमा कार्यरत जनशक्ति गरी करिब ६५ जनाको सहभागिता रहेको बोर्डका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद सापकोटाले जानकारी दिनुभएको छ ।

दुईदिने कार्यक्रममा बोर्डको कार्यक्षेत्र, विज्ञापनको आचारसंहिता, विज्ञापनमा सिर्जनात्मक विधि, विज्ञापनमा लैंगिक पक्ष, ब्रान्डिङ, विज्ञापनको अवधारणा र विकास, विज्ञापनमा अनुसन्धान पक्ष, योजना र सम्प्रेषण, विज्ञापन बजारका चुनौती र विज्ञापनको अनुसन्धानलगायतका विषयमा विज्ञहरूले प्रस्तुतीकरण दिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?