श्रीनगर । जम्मु-कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार किश्तवाडमा सबैभन्दा बढी ७७ दशमलव २३ प्रतिशत, दोडामा ६९ दशमलव ३३ प्रतिशत, रामबनमा ६७ दशमलव ७१ प्रतिशत, कुलगाममा ५९ दशमलव ६२ प्रतिशत, शोपियानमा ५३ दशमलव ६४ प्रतिशत र अनन्तनागमा ५४ दशमलव १७ प्रतिशत मतदान भएको छ । पुलवामामा सबैभन्दा कम ४३ दशमलव ८७ प्रतिशत मतदान भएको छ ।
जम्मु-कश्मीरको २४ वटा विधानसभा सिटमा पहिलो चरणमा मतदान भएको हो । यसमा कश्मीर क्षेत्रका १६ सिट र जम्मु क्षेत्रका आठ सिट समावेश छन् ।
जम्मु-कश्मीरमा दोस्रो र तेस्रो चरणको मतदान क्रमशः सेप्टेम्बर २५ र अक्टोबर १ मा हुनेछ । अक्टोबर ८ मा मतगणना हुनेछ । जम्मु-कश्मीरमा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । राष्ट्रिय कांग्र्रेस र कांग्र्रेसले गठबन्धन गरे पनि केही सिटमा मैत्रीपूर्ण प्रतिस्पर्धा भएको छ । विधानको धारा ३७० खारेज भएपछि जम्मु-कश्मीरमा भएको यो पहिलो निर्वाचन हो । रासस/एएनआई ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच