काठमाडौं । जर्मनीको फ्रयांकफर्टमा आयोजित ‘आइरन म्यान ट्रायथलन २०२४’ प्रतियोगितामा ‘फूल आइरन म्यान’को उपाधि नेपालका इन्द्रबहादुर थापाले जित्नुभएको छ । उहाँले केही समयअघि भएको प्रतियोगितामा सो उपाधि चुम्नु भएको हो ।
‘फुल आइरन म्यान’ का लागि एकै दिन चार किलोमिटर समुद्र/तालमा पौडी, १८० किलोमिटर बाइक रेसर र ४२ किलोमिटर दौड पूरा गर्नुपर्छ । यी सबैमा उत्कृष्ट हुनेलाई ‘फूल आइरन म्यान’ उपाधि प्रदान गरिन्छ । एक दिने कठिन रेसका रूपमा यो प्रतियोगितालाई लिइन्छ । थापाले चार किलोमटिरको पौडी एक घण्टा पच्चिस मिनेटमा, १८० किलोमिटर वाइक ६ घण्टा चार मिनेटमा र ४२.२ किलोमिटर दौड तीन घण्टा ३१ मिनेटमा पूरा गर्नुभएको थियो ।
बुबा रामबहादुर थापा र आमा चन्द्रदेवी थापाको कोखबाट बाग्लुङमा जन्मिनुभएका इन्द्रबहादुर थापा हाल नवलपरासीमा बस्दै आउनुभएको छ । उहाँले यसअघि युरोपियन च्याम्पिनमा पनि भाग लिनुभएको थियो ।
नेपालमा आइरन म्यान तालिमको लागि आवश्यक पूर्वाधारहरू (समुद्र वा ठूला स्वच्छ जलाशय, साइक्लिलिङ् रोड, रनिक ट्र्याक, आइरन म्यान प्रशिक्षक)को पर्याप्त सुविधा नभए पनि थापाले सीमित पूर्वाधारमै अभ्यास गरी नेपालका लागि फूल आइरन म्यान उपाधि हासिल गर्न सफल भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच