एसिया रग्वी नेपालमा हुने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । एसिया रग्वीको आयोजना तथा नेपाल रग्वी संघको व्यवस्थापनमा एसिया रग्वी यू-२० सेभेन्स महिला तथा पुरुष प्रतियोगिता काठमाडौंमा आयोजना हुने भएको छ । संघले बुधबार पत्रकार सम्मेलन गरी २०२३ भदौ २ र ३ गते त्रिपुरेश्वरस्थित रंगशालामा प्रतियोगिता आयोजना हुने जानकारी गराएको हो । प्रतियोगितामा पुरुषतर्फ नेपालसहित भारत, थाइल्याण्ड, मलेसिया, चाइनिज ताइपेइ, हङकङ, उज्वेकिस्तान गरी सात राष्ट्रको सहभागिता रहने आयोजकले जनाएका छन् ।

यस्तै, महिलातर्फ नेपाल, थाइल्याण्ड र मलेसियाको सहभागिता रहनेछ । प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ । लिगमा पहिलो र दोस्रो हुने टिमका बीच उपाधिका लागि प्रतिस्पर्धा हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

७२ लाख अनुमानित लागत रहेको प्रतियोगिताको विजयी टिमले एसिया रग्वीको ट्रफी प्राप्त गर्नेछ । प्रत्यक्ष प्रसारण हुने प्रतियोगितालाई एसिया रग्वीसँग अनुबन्धित ३५ राष्ट्रले पनि प्रत्यक्ष प्रसारण गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो । नेपाली टोलीले यस प्रतियोगिताका लागि श्रीलंकन प्रशिक्षक विजेलाथ सेनको प्रशिक्षणमा पोखरामा प्रशिक्षण लिइरहेको पत्रकार सम्मेलनमा संघका महासचिव गोविन्द घिमिरेले जानकारी गराउनुभयो ।

यसै क्रममा नेपाल रग्वी संघ र गोक्योबीच एक आपसमा सहयोग गर्ने गरी सम्झौता भएको छ । जसमा गोक्योले रग्वी खेलाडीहरूका लागि खेल पोशाक, ट्र्याक सुट र खेल सामग्री उपलब्ध गराउनेछ । नेपाल रग्वी संघका तर्फबाट महासचिव गोविन्द घिमिरे र गोक्योका तर्फबाट ब्राण्ड मेनेजर अञ्जिना राईले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

यसैगरी संघले भक्तपुर इन्टरनेशनल हस्पिटलसँग पनि सम्झौता गरेको छ । संघका तर्फबाट महासचिव घिमिरे र हस्पिटलका तर्फबाट सिइओ रामजीकुमार श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?