काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बिजनेस इन्टेलिजेन्स सिस्टम (बिआइएस)को औपचारिक सुरुवात गरेको छ । जसको प्रयोग महासंघका सदस्यहरूको डाटाबेस, अध्ययन अनुसन्धान र कार्यालय व्यवस्थापनमा गरिनेछ । प्रणालीमा महासंघका सदस्यहरूले समेत प्रयोग गर्न सक्ने गरी सम्पूर्ण सदस्यहरूको जानकारी राखिनेछ । महासंघमा अप्रत्यक्ष प्रत्यक्ष गरी करिब छ लाख व्यवसाय आबद्ध छन् । ती सदस्यको विवरण उक्त प्रणालीमा रहनेछ ।
त्यसैगरी नीतिगत सुझाव तयार पार्न वा अन्य आवश्यकताअनुसारको अध्ययन गर्न प्रणालीबाट सर्वेक्षण गर्न सकिनेछ । नलेज प्ल्याटफर्मका रूपमा महासंघले गरेका अध्ययन र अन्य तथ्यांक र प्रकाशन पनि प्रणालीमा राखिनेछ । जुन सर्वसाधारणको पहुँचमा रहनेछ । उक्त प्रणाली उद्घाटन गर्दै महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको अध्ययन अनुसन्धान र नीतिगत पैरवीमा यसले सहजता प्रदान गर्ने बताउनुभयो । बिआइएस पोर्टल नेपाल उद्योग वाणिज्य महासंघका लागि एसिया फाउण्डेसन नेपालको प्राविधिक सहयोग र स्मार्ट सोलुसन्स टेक्नोलोजी प्रालिले तयार पारेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच