काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) अनिर्वाण घोष दास्तिदार ‘बैंकिङ सिइओ अफ द इयर नेपाल २०२४’ बाट सम्मानित हुनुभएको छ । दास्तिदारलाई ग्लोबल बैंकिङ एण्ड फाइनान्स अनलाइन म्यागजिनले ‘बैंकिङ लिडरसिप अवार्ड’ अन्तर्गत सम्मान प्रदान गरेको बैंकले जनाएको छ ।
ग्लोबल बैंकिङ एण्ड फाइनान्स अनलाइन म्यागजिनले विभिन्न मुलुकका छजना सिइओलाई ‘बैंकिङ लिडरसिप अवार्ड’ प्रदान गरेको हो । भारतको ए एण्ड जे ग्रिनलेजबाट करिअर सुरुवात गर्नुभएका दास्तिदारसँग ३० वर्ष लामो बैंकिङ अनुभव छ । यसअघि श्रीलंका र फिलिपिन्समा पनि सिइओका रूपमा काम गरिसक्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच