बलिवेदीमा कैदी बोको
बली चढ्ने हो कि होइन
यो विद्रोही बोको ।
स्वयम्भू रचनाकार ठान्छ आफूलाई
सृष्टि, स्थिति, लय
आफ्नै रचनागर्भमा लुकाएको जस्तो ।
आगोका लप्काहरु पिएर
भोक शान्त पारिरहे छ यो ।
जलस्पर्शको कुनै अर्थ छैन उसलाई ।
अग्नि पीडाको अनुभव गर्दैन ऊ ।
आस्था बोक्ने दर्शनार्थी हुन् कि घुमन्ते,
सबैलाई सुघ्दै हिँड्छ
पायेसम्म पूजाका थाली लुट्न पुग्छ ।
मानो ऊ यहाँको पुजारी हो ।
आफैं बत्ती बाल्छ र चरुहोम गर्छ ।
आफ्ना रौ र रौहरुको
रोमचरुले दुर्गन्धित अभिसप्त छ मन्दिर परिसर ।
के फरक पर्छ र उसलाई
अलमस्त छ ।
ठुटे सिङ् कसैले भाँचेका हुन् कि
तर विजयी मुद्रामा
कराइरहेको हुन्छ ।
मानो संसार विजयी सम्राट हो ऊ
सुलेमान सुल्तान हो
अलेक्जेण्डर नै हो ऊ ।
अजम्मरी आयुधको अजम्मरी रक्षक हो ।
भोक लागे पनि
न लागे पनि
आगो पिउन बिर्सिँदैन ऊ
धुवाले तीर्खा मेटाउन पल्केको ऊ ।
बाघभालुसँग भाग्नेहरू
स्याल लखेटेर बाँच्नेहरू सबै सबै ।
बहादुरीकासाथ बलिदिनेहरुसित
बदला लिइरहेछ ऊ
वर्षौं भयो यसरी नै
बाँचिरहेछ ऊ
विना चुनौती
आगो पिएर जिन्दगी चलिरहेछ उसको ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच