
काठमाडौं । एभरेस्ट महिला भलिबल लिगका लागि कर्णाली यश्विजले अमेरिकाकी ग्याब्रीएल बेण्डा भित्र्याएको छ । यश्विजले ग्याब्रीएललाई आफ्नो टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो । ग्याब्रीएल अमेरिकाको घरेलु लिगमा परिचित अनुहार हो । उहाँ अमेरिकाको राष्ट्रिय भलिबल खेलाडी पनि हो । उहाँले राष्ट्रिय तहका थुप्रै प्रतियोगिता खेलिसक्नुभएको छ ।
कर्णाली यश्विज टोलीको मुख्य प्रशिक्षकमा भलिबल महिला टोलीका प्रशिक्षक कुमार राई हुनुहुन्छ । उहाँ न्यु डाइमण्ड युथ स्पोट्र्स क्लबको अध्यक्षसमेत हुनुहुन्छ । कर्णालीबाट सुमित्रा रेग्मी, मिना सुनार, मनिषा चौधरी, यमुना रसाइली, सुनिता राई, सृष्टि खड्का, गरिमा बोहरा र पशुपति बोहराले लिग खेल्नुहुने छ । यही असोज १४ देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने लिगमा ६ टोलीको सहभागितामा हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच