
काठमाडौं । एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्डको सातौं संस्करण सम्पन्न भएको छ । अवार्डमा विशिष्ठ कलाकार भुवन चन्द र बसुन्धरा भुसाललाई दीर्घसाधना सम्मान प्रदान गरिएको छ । अमेरिकाको न्यूयोर्कमा सम्पन्न अवार्डमा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता/अभिनेतृसहित विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो ।
अवार्ड समारोहमा चलचित्र ‘टुल्की’ र भस्मे डनले जुरी अवार्ड प्रदान गरिएको थियो । यस्तै, ‘बगान’ चलचित्रबाट सरोज खनाल उत्कृष्ट अभिनेता र करिश्मा मानन्धरले उत्कृष्ट अभिनेतृको अवार्ड दिइएको छ । नायिका केकी अधिकारी ‘स्टार अफ दी इयर’ अवार्डबाट सम्मानित हुनुभयो । त्रिवेणी इन्टरटेनमेन्ट र दिलकुमारी केसी स्मृति फाउण्डेशनको सहकार्यमा आयोजित ग्लोबल नेपाली फिल्म अवार्डमा अन्तर्राष्ट्रिय मोडलको अवार्ड आङ्तेम्बा शेर्पाले प्राप्त गर्नुभयो । साहित्यकार गीतकार अनु शाह , गायक नन्दकृष्ण जोशी, खगेन्द्र जिसीलाई अभियानश्री अवार्ड अर्पण गरिएको थियो ।
समारोहमा महादेव त्रिपाठीलाई गेहेन्द्र धिमाल स्मृति सम्मान पुरस्कार र डा.घनश्याम खतिवडालाई रामकेशर बोगटी स्मृति सम्मान प्रदान गरिएको थियो । ग्लोबल नेपाली फिल्म अवार्ड युएसएका अध्यक्ष नवराज श्रेष्ठका अनुसार चलचित्र ‘भस्मे डन’बाट उत्कृष्ट निर्देशकमा दीपेन्द के खनाल, अभिनेता दयाहाङ राई र उत्कृष्ट अभिनेतृमा सुरक्षा पन्तले अवार्ड प्राप्त गर्नुभएको छ । समारोहमा भाग लिन नेपालबाट एक दर्जनभन्दा बढी कलाकार युएसए गएका थिए भने त्यहाँ रहका कलाकारहरूको बाक्लो उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच