नेपाल टेलिकमले गर्‍याे अर्घाखाँची अस्पताललाई बेड सहयाेग

-अविजित पन्थी

अर्घाखाँची । नेपाल टेलिकम केन्द्रीय कार्यालयले अर्घाखाँची जिल्ला अस्पताललाई १० थान बेड कम चेयर्स सहयोग गरेको छ । टेलिकमको केन्द्रीय कार्यालयले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को उपलक्ष्यमा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यी सामग्री प्रदान गरिएको जनाएको छ । यस कार्यक्रमले जिल्ला अस्पतालमा आउने बिरामीहरूलाई सेवा प्रदान गर्न थप सहयोग मिल्ने भएको छ ।

नेपाल टेलिकम दूरसञ्चार कार्यालय पाल्पा प्रमुख इन्जिनियर राकेश पाण्डेले अस्पताल प्रमुख जगन्नाथ तिवारीलाई यी सामग्रीहरु हस्तान्तरण गर्नुभएको थियो । अस्पतालमा उपचारको लागि आउने बिरामीका कुरुवाका लागि लक्षित गरेर यी सामग्री हस्तान्तरण गरिएको हो । यो साधन दिनमा फोल्ड गरेर कुर्सी आकारको बस्न मिल्ने र रातमा तानेर बेड बनाएर सुत्न सकिन्छ । यसरी टेलिकमले हरेक वर्ष स्वास्थ्य ,शिक्षा, वृद्धा आश्रम , बाल आश्रम लगायतका संघसंस्थाहरूमा सहयाेग सामग्री हस्तान्तरण गर्दै आएको छ ।

त्यससँगै वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका क्षेत्रमा समेत सहयोग पुर्‍याउँदै आएको नेपाल टेलिकम केन्द्रीय कार्यालय सहायक व्यापार अधिकृत वेदप्रसाद पौडेलले बताउनुभयाे । नेपाल टेलिकमले देशका विभिन्न क्षेत्रहरूमा सहयोग गर्दै आइरहेको छ । इन्टरनेट सेवाको पहुँचदेखि बाहिर रहेको दुर्गम स्थानमा निःशुल्क रूपमा इन्टरनेट सेवा विस्तार गर्ने देखि लिएर शिक्षा क्षेत्रमा पनि टेलिकमले राहत हस्तान्तरण गर्दै आइरहेको छ।

नेपाल टेलिकमले गएको वर्ष भगवती माध्यमिक विद्यालय ढाकाबाङ वडा नम्बर १ र भगवती मावि सन्धिखर्क नगरपालिका वडा नम्बर २ कुर सङ्खेटारीमा निःशुल्क इन्टरनेट सेवा प्रदान गरेको र नेपालकै प्रसिद्ध धार्मिक स्थल सुपा देउराली मन्दिरलाई केही थान डस्टबिन सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?