‘कोत पर्व’लाई निर्माण इजाजत-पत्र

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘कोत पर्व’ले निर्माण इजाजत-पत्र पाएको छ । निर्माता तथा निर्देशक रिमेश अधिकारीले निर्माण गर्न लाग्नुभएको ऐतिहासिक चलचित्र ‘कोत पर्व’ले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत प्रमाण पत्र पाएको हो । बोर्डले निर्माण कम्पनी रिमेश अधिकारी चलचित्र प्रोडक्सन प्रालिलाई इजाजत प्रमाण पत्र दिएको हो ।

इजाजत पत्रमा उल्लेख भए अनुसार नेपाली भाषामा निर्माण हुने यो चलचित्रको कथा महेश दवाडीले तयार पार्नुभएको छ । रिमेश अधिकारीले निर्देशनले निर्देशन गर्ने यो चलचित्रको छायांकन काठमाडौं र चितवनमा गरिनेछ ।

तीन वर्षको अवधि लगाएर निर्माण गरिने यो चलचित्रको अनुमानित बजेट पाँच करोड १५ लाख रुपैयाँ निर्धारण गरिएको छ । चलचित्रमा सौगात मल्ल, रमेश उप्रेती, विशाल पहाडीलगायत कलाकारले अभिनय गर्ने निश्चित भइसकेको छ ।

सामाजिक, राजनीतिक, सांस्कृतिक, मनोरञ्जनात्मक, शैक्षिक तथा सन्देशमूलक उद्देश्यले यो चलचित्र निर्माण गर्न लागिएको बताइएको छ ।

डिजिटल प्रविधिमा निर्माण निर्माण गरिने यो चलचित्र राष्ट्रिय वा अन्तर्राष्ट्रिय रूपमा वा दुवै रूपमा प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?