कटारीको मेयरमा गठबन्धनका राजेशचन्द्र श्रेष्ठ र उपमेयरमा एमालेकी खड्का निर्वाचित

Read Time = 2 mins

उदयपुर । उदयपुरको कटारी नगरपालिकामा गठबन्धनका उम्मेदवार राजेशचन्द्र श्रेष्ठ निर्वाचित हुनु भएको छ। सम्पन्‍‌न मतगणनाको नतिजाअनुसार गठबन्धनबाट नगर प्रमुख पदका उम्मेदवार राजेशचन्द्र श्रेष्ठ ६ हजार ४१७ मत प्राप्त गरी निर्वाचित हुनु भयो । उहाँका निकटतम् प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको समर्थनमा स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बरालले ५ हजार ९५२ मत प्राप्त गर्नुभयो। निर्वाचित श्रेष्ठले ४६५ मतान्तरले बराललाई पराजित गर्नुभयो ।

नेकपा एमालेका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठले ५ हजार ७१५ मत पाउनु भएको थियो भने नगर प्रमुखका अर्का स्वतन्त्र उम्मेदवार बालकृष्ण थापाले २ हजार १५४ मत प्राप्त गर्नुभयो ।

नगर उपप्रमुखमा नेकपा एमालेकी गीता खड्का निर्वाचित हुनु भयो । उहाँले ६ हजार ४१३ मत प्राप्त गरी निर्वाचित हुनुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका नेकपा माओवादी केन्द्रका विनोद कटुवालले ३ हजार ८२१ मत प्राप्त गर्नुभयो। नगर उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका हृदयबहादुर तामाङले ३ हजार ७२३ मत प्राप्त गर्नुभयो भने अर्का स्वतन्त्र उम्मेदवार नगर उपप्रमुख कृष्णबहादुर थापाले ३ हजार ३४६ मत प्राप्त गर्नुभयो ।

१४ वडा रहेको कटारी नगरपालिकामा ७ वटा वडा नेकपा एमाले निर्वाचित भएको छ भने ३ वडामा नेपाली कांग्रेस निर्वाचित भएको छ । एकीकृत समाजवादी १, माओवादी केन्द्र १ र स्वतन्त्रमा २ वडा अध्यक्ष निर्वाचित भएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?