म्याग्दी । सरकारले स्वास्थ्य संस्थामा गएर सुरक्षित रुपमा सुत्केरी हुने गर्भवती महिलालाई विभिन्न किसिमका सुविधा र सहुलियत प्रदान गरेको भएपनि म्याग्दीमा भने अझै पनि घरमै बच्चा जन्माउने चलन रोकिएको छैन ।
स्थानीय तह र स्वास्थ्यसंस्थाहरुले घरभित्र हुने सुत्केरीलाई शून्यमा झार्न विभिन्न अभियानहरु संचालन गरेका छन् । तर, ती अभियानहरु प्रभावकारी हुन नसकेको देखिएको छ ।
घरमा सुत्केरी गराउँदा जोखिम हुन्छ भन्ने जान्दा जान्दै पनि शिक्षित परिवारकै महिलाहरुको लापरबाही र हेलचेक्रयाइँले गर्दा अझै पनि घरमै सुत्केरी हुने चलन कायमै रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।
स्वास्थ्य कार्यालयको आव २०८०/८१ को मा सम्पादित स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय बार्षिक समिक्षा गोष्ठीमा स्थानीय तह र स्वास्थ्य संस्थाले ग्रामीण क्षेत्रसम्म प्रभावकारी सेवा विस्तार गरेको दावी गरिरहँदा नवजात शिशु र आमाको जीवन जोखिमबाट जो लक्ष्य म्याग्दीमा पूरा हुने सम्भावना देखिएको छैन ।
स्वास्थ्य कार्यालय म्याग्दीको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा घरमै २६ जना सुत्केरी भएको पाइएको छ । ६ वटा स्थानीय तह रहेको म्याग्दी जिल्लामा अन्नपूर्ण गाउँपालिकाबाहेक सबै स्थानीय तहमा घरमा सुत्केरी भएको तथ्याङ्कले देखाएको छ । घरभित्रै सुत्केरी हुनेमा सबैभन्दा धेरै मालिका गाउँपालिकामा-१०,रघुगंगा गाउँपालिकामा-९, मंंगला गाउँपालिका-५ र धवलागिरी गाउँपालिकामा-३ जना रहेको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीको भनाई छ ।
स्वास्थ्य चौकीमा चार पटक गर्भजाँच गर्ने, गर्भवतीले टिटी खोप लगाउने, नियमित रुपमा आइरन चक्की लिने जस्ता अभियानमा चासो देखाउनेहरू स्वास्थ्यचौकीमै पुगेर सेवा लिने गरेका छन् । परम्परागत विधि प्रयोग गरेर सुत्केरी गराउँदा आमा र शिशु दुवैको ज्यान खतरा हुन्छ । अन्नपूर्ण गाउँपालिकाले चार पटक गर्भ परीक्षण गर्दा हरेक पटक एकरएक क्रेट अण्डा र संस्थागत प्रसूति हुनेलाई जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरमै पुगेर एउटा कुखुराको भालेसहितको प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने कार्यक्रमले सुत्केरी हुदाँ स्वास्थ्य संस्थामा पुग्ने क्रम बढेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच