काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देशलाई सुरक्षित राख्नका लागि एउटा निर्णायक राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताउनुभएको छ ।
आईतवार नेपाल नाट्यप्रतिष्ठान, पोखराले काठमाडौंमा गरेको वृहत नाट्यग्रन्थ नेपाली नाट्यविमर्श लोकार्पण समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताउनुभएको हो । उहाँले शक्ति राष्ट्रहरुले देशको पहिचान मेटाउन भाषा, इतिहास, संस्कृति सिध्याउन लाग्ने गरेको भन्दै हाम्रो इतिहास, धर्म, संस्कृति र पहिचानको रक्षा गर्नुपर्ने बताउनु भयो । उहाँले पहिचान सकियो भने देश नै सकिने भन्दै पहिचानको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो । यहाँले नेपालको पहिचानको रक्षाका निम्ति राजनीतिक क्षेत्रबाट मात्रै प्रतिवाद गरेर नपुग्ने भन्दै साहित्य र संस्कृतिबाट पनि प्रतिवाद गर्नु जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो - ‘अब के हुँदैछ त भन्दा देशहरु कब्जा गर्ने त अभियान जारी छ । अब सम्बन्धित देशको पहिचान मेटाइदिने । पहिचान मेटाउन भाषा सिध्याउनुप¥यो । इतिहास सिध्याउनु प¥यो । संस्कृति सिध्याइदिनुप¥यो । उसको पहिचान सकिदिनु प¥यो । त्यसपछि लडाँइ लड्नै पर्दैन सकियो । अब त्यो फेजमा हामी छौँ । हाम्रो देशबाट बाहिरिनेहरुको बढ्दो चाप छ । यस्तो बेलामा हामीले हाम्रो इतिहास, धर्म, संस्कृति, पहिचानको रक्षा गरेनौँ भने देश कसरी रहला ? फौज आइरहनु पर्दैन । लडाई गरिरहनु पर्दैन । बन्दुक पड्काउनु पर्दैन । देश रहन्छ कि रहँदैन रु यो पहिचान सकियो भने देश सकियो । पहिचानको रक्षा कसरी गर्ने ? हाम्रो देशमा बहुजाति, बहुभाषा, बहुधर्म, बहुसंस्कृति, भौगोलिक विविधता भएको देश हो । यसलाई खण्डित गर्ने हिसावले जुन सोचहरु आउँछन्, यो राजनीतिले मात्रै प्रतिवाद गर्ने होइन, साहित्य, संस्कृतिबाट पनि त्यसको प्रतिवाद हुनु जरुरी छ । देश बचाउने हो भने यो गर्नु जरुरी छ । त्यसकारणले कुन सिद्धान्त लिएको को पार्टी छ, छोडिदिऔँ । तर यतिबेला एउटा निर्णायक राष्ट्रिय शक्तिको आवश्यकता छ । त्यो निर्णायक राष्ट्रिय शक्ति नबन्ने हो भने हाम्रो देश कसरी सुरक्षित रहला ? खालि केही गीत गाएर मात्रै बन्न सक्दैन । त्यसकारण हाम्रो अगाडी यो अविभारा छ ।’
उहाँले एमाले निर्णायक राष्ट्रिय शक्ति नबने देश सुरक्षित रहन नसक्ने धारणा राख्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच