गत शुक्रबारको अंकबाट क्रमशः
(७) माओवादी सशस्त्र हिंसा : सपनादेखि षड्यन्त्रसम्म
नेपालमा नागरिक अधिकारका निम्ति एक पटकको सशस्त्र आन्दोलनमात्रै सफल भएको हो, २००७ सालको । अरू सबै हतियार आन्दोलनका ससाना परिणामहरू भए पनि मूलभूत हुन सकेन । माओवादीको नाममा ०५२ बाट प्रारम्भ जनयुद्ध (जसलाई मैले सशस्त्र हिंसामात्रै भन्ने गरको छु) यो कसरी सुरु भयो ? किन सुरु भयो ? संसदीय प्रजातन्त्र दुई वर्षको अवधिमा नै कसरी असफल सिद्ध भयो ? माओवादीका लागि सहयोगी तत्व कुन-कुन हुन् ? र अन्ततः यसले ०६२ मा शान्तिपूर्ण राजनीतिका साथ संसदीय अभ्यासमा नै किन फर्कनुपर्यो ? यी प्रश्नको अनुसन्धान भएको छैन । गणतन्त्रको सपना बाँड्नुभन्दा पनि पहिले वर्ग दुश्मन कसलाई घोषित गरियो माओवादीबाट ? किन कांग्रेसका मानिसहरूलाई छानीछानी मारियो ? किन तिनीहरूका घरजग्गा कब्जा भए ? तीस वर्षसम्म राजाको छत्रछायाँमा बसेका निर्दलीय सत्ताका पहरेदार र सामन्तहरू किन माओवादीका सेल्टर बने ? भारतीय विस्तारवादविरुद्ध लड्ने र सुरुङ युद्ध गर्ने योजना बनाउने माओवादीलाई भारतीय सुरक्षाकर्मीहरूबाट नै किन तालिम दिइयो ? भारतीय बुद्धिजीवीहरू किन माओवादीका बौद्धिक सल्लाहकार बन्न पुगेका थिए ?
कठीन भूगोल र गरिबी, सीमान्त क्षेत्रको बसोवास पनि सहयोगी भयो । त्यो भन्दा पनि माओवादीमा काम नगरी अर्काको भकारी र कुन्यू फोरेर खान र बैंक वा घरका सन्दुस फोरेर पैसा लुट्न प्रेरित गरेपछि काम नगरी खान पल्केको जमात आकर्षित भयो । युवायुवतीमा जंगली र भूमिगत बसोवासमा हुने यौन आकर्षण पनि माओवादी विस्तारको कारण बन्यो । माओवादीद्वारा सिर्जना गरिएको आतंक र भयले पनि हिंसालाई विस्तार गरेको थियो ।
माओले निर्माण गरेको चिनियाँ कम्युनिष्ट पार्टीले किन माओको नामको दुरुपयोग गर्दैछ, माओवादीले नेपालमा भन्ने टिप्पणी गर्यो ? किन नेपालमा धर्मान्तरण गर्न चाहनेहरू र आइएनजीओहरूले माओवादीलाई सहयोग पुग्ने गरी कामहरू गरे ? अमेरिकाले अफगानिस्तानमा कारबाही गर्नासाथ माओवादीको वक्तव्य, दरबारसँगको सम्बन्धमा शिथिलता, भारतको मध्यस्थताको गुहृय पक्ष के हुन् ? माओवादीविरुद्ध सेना परिचालन किन भएन ? संकटकाल किन थप भएन ? प्रश्नहरूको खात छ । नेपाली कांग्रेसभन्दा अर्को संसदीय शक्ति एमालेका कतिपय कार्यकर्तालाई माओवादीले क्रूरतापूर्वक निसाना बनायो तर दरबारद्वारा पोषित पञ्चहरू जोगिए किन होला ? देउवा सरकारले माओवादीका टाउकाको मोल तोक्नेदेखि स्वयं माओवादीले डा.बाबुराम भट्टराई, हिसिला यमी, दिनानाथ शर्मा र देवेन्द्र पराजुलीविरुद्ध करिब प्राणदण्ड दिनेसम्मको अवस्था किन आयो ? किन रोकियो ? माओवादीले नोकरसँग नभएर मालिकसँग नै वार्ता गर्ने भनी राजालाई किन आमन्त्रण गर्ने काम ग¥यो ? हिंसाकै निहुँमा तत्कालीन राजा ज्ञानेन्द्र किन बहकिए सत्ता लिन ?
(७.१) कथित जनयुद्ध प्रभावकारी हुनुका कारण :
यद्यपि माओवादी पार्टीको तथाकथित जनयुद्ध प्रभावकारी हुनुमा- बहुदलीय व्यवस्थाविरुद्ध निर्दलीय शक्ति र दरबारीयाहरूको योजना र सहयोग, तत्कालीन भारतीय सत्ताको खेल, धर्मान्तरण समूह र कतिपय आइएनजीओहरूको अप्रत्यक्ष सहयोग र लगानी, शासनमा व्याप्त भ्रष्टाचार, एमाले र नेपाली कांग्रेसमा झगडा र फुट, प्रथम सहयोगी तत्व हुन् । यसपछि सामाजिक रूपमा छुवाछूत, विभेद, अन्धविश्वास र कूरीति, आर्थिक असमानता र राजनीतिक अपसंस्कृति कारण बन्यो । कठीन भूगोल र गरिबी, सीमान्त क्षेत्रको बसोवास पनि सहयोगी भयो । त्यो भन्दा पनि माओवादीमा काम नगरी अर्काको भकारी र कुन्यू फोरेर खान र बैंक वा घरका सन्दुस फोरेर पैसा लुट्न प्रेरित गरेपछि काम नगरी खान पल्केको जमात आकर्षित भयो । युवायुवतीमा जंगली र भूमिगत बसोवासमा हुने यौन आकर्षण पनि माओवादी विस्तारको कारण बन्यो । माओवादीद्वारा सिर्जना गरिएको आतंक र भयले पनि हिंसालाई विस्तार गरेको थियो । जस्तो कुनै एक गाउँमा कुनै बोल्न लेख्न सक्ने, तर्क गर्न सक्नेलाई क्रूरतापूर्वक मारिदिएपछि सिंगो गाउँ नै कब्जा भयो, कुनै ठाउँमा सुरक्षाकर्मीको कारबाहीमा कोही मारियो भने त्यसको प्रतिक्रिया पनि युद्धको शक्ति हुनपुग्यो । सुरक्षाकर्मीका केही गलत कामहरू पनि सहयोगी भएको देखियो । केही प्रतिशतमा भने परिवर्तनको सपना थियो । कतिपय इमानदार स्वप्नशील युवा, बुद्धिजीवीहरू यो देशमा साँच्चै साम्यवादी जनवादी सत्ताको सपना देखेर नै युद्धमा होमिए, शहीद भए, अंगभंग भयो, राज्यको प्रतिरक्षात्मक वा आक्रामक कार्वाहीमा कतिपय निर्दोषहरू मारिए र बेपत्ता समेत भए । त्यो दुःखद क्षण माओवादीको वर्गदुश्मन सफाया गर्ने र जनयुद्ध गर्ने माइन्युटबाट सुरु भएको हो भन्ने बिर्सनु हुँदैन । त्यस समयको सम्पूर्ण क्षतिको प्रथम जिम्मेदार नेकपा माओवादी नै हो । त्यसपछि तत्कालीन राज्य संयन्त्र ।
(७.२) केही अनुत्तरित प्रश्नहरू :
०६२ मंसिर ७ गते भारतको दिल्लीमा १२ बुँदे सहमति हुनै पर्ने अवस्था किन आयो ? सात दल र माओवादीको सहकार्यको प्रमुख आधार कसरी निर्माण भयो ? वैशाख ८ मा दरबारको वक्तव्य किन असफल भयो र ११ गते हुनपुग्यो ? पुनस्र्थापित संसद्ले अकस्मात संसदीय अभ्यासविपरीत माओवादीका अनिर्वाचित प्रतिनिधिहरू किन थप गरिए ? त्यो पनि नेकपा एमालेका भन्दा बढी पारेर ? पुनस्र्थापित प्रतिनिधिसभाले राजाको अधिकार कटौती गर्ने, धर्मनिरपेक्षता घोषणा गर्ने, अन्तरिम संविधान जारी गर्ने कामहरू अत्यन्त हतारोमा, कुनै छलफल नै नगरी किन घोषणा गर्यो ? संविधानसभाको निर्वाचन गराउने नेता प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला आफैं चुनाव लड्नु त परै जाओस् पार्टीका सदस्य र नागरिकलाई एक शब्द कुनै सन्देश प्रवाह किन गर्नु भएन ? माओवादीले राष्ट्रपति पदका लागि किन यु टर्न गर्यो र कोइरालालाई रोक्ने खेल गर्यो ? निर्वाचनमा पराजित माधवकुमार नेपाललाई संविधानसभामा किन पुर्याइयो र संवैधानिक समितिको अध्यक्ष बनाइयो ? पूर्वप्रधानन्यायाधीश विश्वनाथ उपाध्यायलाई संविधानसभामा किन रोक्ने काम भयो ? प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रधानसेनापति रुक्मांगद कटवालबीच किन विवाद भयो ? चारोटा कम्युनिष्ट प्रधानमन्त्रीहरू-दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र डा.बाबुराम भट्टराईले किन संविधान बनाउन सक्नु भएन ? पहिलो संविधानसभाले किन संविधान बनाउन सकेन ? अकस्मात् र नाटकीय रूपले सर्वोच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मीलाई कसरी मन्त्रिपरिषद्को अध्यक्ष बनाइयो ? जातीय र क्षेत्रीय नाराको उत्कर्षता किन त्यस समयमा बन्यो ? सुशील कोइरालाले कसरी संविधान जारी गराए ? उनलाई अपमानित गर्न एमालेसँगको गठबन्धन टुटाउने र प्रधानमन्त्रीको प्रतिस्पर्धामा उतार्ने किन कसका स्वार्थमा भयो ? कोइरालालाई राष्ट्रपति बन्न नदिने खेल के थियो ? संविधान जारी भएपछिका दिनमा अनेक अपवित्र, पवित्र, निकृष्ट स्वार्थप्रेरित गठबन्धनहरू किन बन्दै भत्कँदै राजनीतिक अस्थिरताको बाटोमा निरन्तर भइरहेको छ ? ०७२ पछि त्रिपक्षीय अन्तर्राष्ट्रिय स्वार्थको महाजालोभित्र सानो देश कसरी बाँधिन लाग्दैछ ? ०८० सम्मको राजनीतिले के पाठ सिकाएको छ ? नेपाल किन राजनीतिमा आत्मनिर्भर र आर्थिक विकासमा परस्पर निर्भर हुने बाटोमा लाग्न सकेको छैन ? अनि मदन भण्डारीको घटना, राजा वीरेन्द्रको समूल विनाश र सुशील कोइरालाको मृत्युका रहस्यको पर्दाफास किन हुनसकेको छैन ? यी प्रश्नहरूको अलग्गै विश्लेषण हुनु जरुरी छ । आज भने यत्ति नै । कुनै अर्को समयमा विवेचना हुनेछ ।
सुशासनको आकांक्षाविपरीत सर्वत्र व्याप्त भ्रष्टाचार र आमनागरिकमा विकसित निराशा । रोजगारीसहितको उच्च शिक्षा नहुनु र शिक्षामा वर्गभेदको आधार विकास । श्रमको उचित सम्मान नहुनु, शिक्षा र स्वास्थ्य क्षेत्र कुइराको काग जस्तो हुनु र युवा शक्तिको वैदेशिक श्रम बजारमा पलायन । भूमिको उचित उपयोगको अभाव ।
(८) वर्तमान राजनीतिको उल्टो गति : अस्थिरताको मूल :
नेपाली राजनीति यतिखेर उल्टो गतिमा हिँडेको देखिन्छ । उल्टो गति नै अस्थिरताको अन्तिम मूल कारण हो ।
(क) नेपालका हिमाल, पहाड, तराई मधेस जोड्ने चार मूल आधार हुन् :
(१) हिमाल र हिम नदीहरू ।
(२) नेपाली भाषा
(३) धर्म
(४) विगतमा राजसंस्था
एक नम्बर परिवर्तन हुन सक्दैन । बाँकी तिनोटाका विषयमा जनमत नलिई निर्णयहरू भए । जनताको अभिमतलाई माउ लगाउने काम भयो । यसबाट राजनीतिमा विवाद यथावत् रहेको हुनाले पहिलो अस्थिरताको कारण हो, यो विवाद ।
(ख) आज पनि लोकतान्त्रिक राजनीतिक दलको कुनै अर्को लोकतान्त्रिक दलीय विकल्प हुन सकेको छैन । ००७ देखि नै नेपाली कांग्रेसको एकछत्र वर्चस्व छ । विकल्पमा लोकतन्त्रविरोधी शक्तिमात्रै छन्, अहिलेसम्म ।
(ग) नागरिक सर्वोच्चता र स्वतन्त्रताविरुद्ध साम्यवादी र कथित राजावादी राष्ट्रवादीहरूको विस्तारित शक्ति वा उनीहरूको रणनीति ।
(घ) अन्तिम सत्य सत्ता भन्ने साम्यवादीहरूसँग नेपाली कांग्रेसको अवसरवादी गठबन्धन र सहकार्य । पटक-पटक धोका व्यहोरे पनि कहिले चुनावी गठबन्धन कहिले शासकीय । यी दुवैका कारण नेपाली कांग्रेस निरन्तर कमजोर भएको छ र राजनीतिक अस्थिरताको ग्राफ बढ्दै गएको छ ।
(ङ) नेपाली कांग्रेसमा स्थापित स्वार्थ समूहहरूको निकृष्ट खेल, योग्यंम योग्याय नभएर आफन्त र निकृष्ट सेवकहरूमा मात्रै नेतृत्व केन्द्रित, निर्वाचन खर्चमा अपारदर्शिता, आम्दानीमा अपारदर्शितासहित लोकतान्त्रिक मूल्य, संस्कृति र आचरण र व्यवहारको पालना नगर्ने चरित्र ।
(च) सुशासनको आकांक्षा विपरीत सर्वत्र व्याप्त भ्रष्टाचार र आमनागरिकमा विकसित निराशा ।
(छ) रोजगारीसहितको उच्च शिक्षा नहुनु र शिक्षामा वर्गभेदको आधार विकास ।
(ज) श्रमको उचित सम्मान नहुनु, शिक्षा र स्वास्थ्य क्षेत्र कुइराको काग जस्तो हुनु र युवा शक्तिको वैदेशिक श्रम बजारमा पलायन । भूमिको उचित उपयोगको अभाव ।
(झ) त्रिकोणात्मक स्वार्थ सङ्घर्ष (भारत, चीन र पश्चिमाको रणनीतिक स्वार्थ संघर्ष) र यसमा यो वा त्यो रूपले नेपालका सत्तालोलुप नेतृत्वको निरन्तर संलग्नता ।
(ञ) विश्वसनीय नागरिक अभियानको अभाव ।
यस्ता अनेक कारणहरू हुन् राजनीतिक अस्थिरताका । राजनीतिक अस्थिरताको अन्त्य नभएसम्म शासकीय स्थिरता असम्भव हुन्छ । राजनीतिक स्थिरताका लागि कमसेकम माथि उल्लेखित समस्याहरू समाधान हुनु आवश्यक छ । समाधान समस्याभित्रै रहेको देखिन्छ अर्थात् हुनुलाई नहुनु बनाएमा वा नहुनुलाई हुनु बनाएमा समाधानको मार्ग प्रशस्त हुने छ । (समाप्त)
वास्त्विकताको धरातलमा टेकेर, सत्य-तथ्य-यथार्थ र निर्भयताका साथ गरिएको विशद विवेचना | विश्लेषक महोदयका विचार उत्कृष्ट छन् | मानिसले आफ्नो अस्तित्व पहिचान गर्न चाहने स्वाभिमानीहरुले यी विश्लेषण स्वीकार्य छन् ,हुनु पर्छ भन्ने लाग्छ |
साधुवाद बरिष्ठ पत्रकार प्रा. दाहालज्यू |