जनगणनामा कोही पनि नछुटुन् भन्नेकुरामा सचेत हुन सरकारलाई सांसदहरुको सुझाव

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडाैं । सांसदहरुले जनगणनामा कोही पनि नछुटून भन्नेकुरामा सचेत हुन सरकारलाई आग्रह गरेका छन् ।

सोमवार प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसकी सांसद जावेदा खातुन जागा, नेकपा (एमाले) का सांसद ईश्वरबहादुर रिजालले जनगणनालाई तथ्यपरक बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । काँग्रेस सांसद खातुनले जनगणनामा कोही पनि नछुटुन् भन्ने कुरामा सरकार गम्भिर नबन्दा धेरै नागरिकहरुले आफ्नो उपस्थिति राज्यमा देखाउन सक्ने अवस्था नभएको बताउनु भयो ।

उहाँले मुस्लिम समुदायको समेत गणना तथ्यपरक नभएको जिकीर गर्दै त्यसतर्फ सरकारलाई ध्यान दिन पनि आग्रह गर्नुभयो । जनगणना तथ्यपरक नहुँदा पछाडि परेका विभिन्न जाति र समुदायका नागरिकहरुले राज्यले दिने अवसरबाट समेत वञ्चित हुनुपरेको सांसद खातुनको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘यस्तो समूदायहरु छन जो राज्यको मुल प्रवाहीकरणमा आउन सकिरहेका छैनन् । उनीहरुको तथ्यांक ल्याउनुप¥यो । उनीहरुको जनगणना छुटाउनु हुन्न । यौनिक अल्पसंख्यक जन समुदाय अझै पनि लुकेर बसेको अवस्था छ । उनीहरुले राज्यको कुनैपनि सेवा सुविधा पाईराखेको अवस्था छैन । उनीहरुलाई न कुनै जातीय सूचिमा गाभिएको छ । न तथ्यांक कार्यालयले उहाँहरुलाई समेटेको अवस्था छ । मुस्लिम समुदायको यकीन तथ्यांक आएको छैन । यसमा पनि सरकारले विशेष ध्यान दिनुपर्दछ ।’

एमालेका सांसद रिजालले विपद्मा परेका बस्तीहरुको तथ्यांक ल्याउन सरकारलाई दबाब दिनुभयो । उहाँले जलवायु परिवर्तनका कारण बस्तीमा जोखिममा पर्ने गरेकाले उनीहरुको सुरक्षाका लागि पनि सरकारले ती ठाउँहरुको गणना गर्न ढिलाई गर्न नहुने बताउनु भयो । सांसद रिजालले नागरिकको पहिचान गर्ने र उनीहरुको आवश्यक्तालाई सम्बोधन गर्ने नीति, कार्यक्रम र बजेट तय गर्न पनि जनगणनालाई भरपर्दो र विश्वसनीय बनाउनुपर्ने आवश्यकता औंल्याउनु भयो ।

उहाँले भन्नुभयो, ‘कति ठाउँ असुरक्षित बस्ती छ पहाड र हिमालहरुमा ? मान्छेलाई बस्न रहर हुँदाहुँदै उसले आफ्नो गाउँ छाड्नुपरेको छ । अर्कोको गाउँमा गएर बस्नुपर्ने अवस्था छ । पहाड छोड्यो, शहर आयो । सहर पनि बस्न नसक्ने भएपछि विदेशतिर जानुपर्ने अवस्था छ । यस्तो खालको अवस्थामा अलि बढि ध्यान दिनुपर्‍यो ।’

सांसद रिजालले विभिन्न सीप, कला जानेहरुलाई पनि साक्षरता भनेर दर्ज गर्न पनि सरकारलाई सुझाव दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?