काठमाडौं । काठमाडौंमा असोज सुरु भएयता डेंगुका बिरामीको संख्या बढेसंगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्षमा डेंगुका बिरामीको संख्या बढ्दै गएको छ । आकस्मिक कक्षका इन्चार्ज भालेश्वर यादवका अनुसार अस्पतालमा १० दिनयता डेंगु संक्रमितको संख्यामा उल्लेख वृद्धि भएको छ ।
“असोज १ गते ११ जना, २ गते ३ जना, ३ गते जना २३, ४ गते २८ जना, ५ गते १९ जना र ६ गते १७ जना आकस्मिक कक्षमा भर्ना भए । जबकी साउन ११ र भदौ महिनाभर ५३ जना मात्रै डेंगुका संक्रमित भर्ना भएका थिए,” यादवले भन्नुभयाे ।
गत पुसदेखि सुरु भएको डेंगुको संक्रमणका कारण ११ हजार ५४५ जना संक्रमित भइसकेका छन् भने ६ जनाको मृत्यु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच