काठमाडौं । घरेलु मैदानमा हुने साफ महिला च्याम्पिनयसिपका निम्ति बन्द प्रशिक्षणको पहिलो चरणमा ४० खेलाडी समावेश भएका छन् । नेपाली महिला टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रतियोगिताका निम्ति मंगलबार ४० खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाउनुभएको हो ।
नेपालले आगामी अगस्ट १७-३० सम्म घरेलु मैदानमा साफ महिला च्याम्पियनसिपको आयोजना गर्दैछ । यसअघि सन् २०२२ को संस्करण पनि नेपालले दशरथ रंगशालामा आयोजना गरेको थियो । त्यतिबेला फाइनलसम्म पुगे पनि नेपाली टिम बंगलादेशसँग तीन-एकले पराजित भएपछि उपविजेतामा सीमित बनेको थियो ।
प्रारम्भिक प्रशिक्षणमा डाकिएकामध्ये गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बा, सावित्रा भण्डारी र रेखा पौडेल भने हाल विदेशी लिग खेलिरहनुभएको छ । सावित्रा फ्रान्स, एञ्जिला ग्रिस र रेखा युनाइटेड अरब इमिरेट्स (युएई) को क्लबमा आबद्ध हुनुहुन्छ ।
नेपालको प्रारम्भिक टिममा एञ्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, गीता राना, अमृता जैसी, समीक्षा घिमिरे, निशा थोकर, पूजा राना, विमला विक, हिराकुमारी भुजेल, प्रतीक्षा चौधरी, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बू, दीपा शाही, सविता रानामगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी, सरस्वती हमाल, तुलसा बोहरा, भूमिका बुढाथोकी, ममता पुन, यशोदा शाही, अञ्जली मचामसी, सुस्मा तामाङ, सुक्रिया मिया, सजिना कोइराला, नेहाकुमारी चौधरी, सजनी थोकर, अनिता लम्जेल, लिला जोशी, सुशीला चौधरी, कुस्मा राई र सुनिता भोलन रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच