काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशी एवं विदेशी लगानी बढ्दै जाँदा रोजगारी बढ्ने र श्रमिक सुरक्षा पनि प्रत्याभूति हुने बताउनुभएको छ । थाइल्याण्डको बैंककमा आयोजित व्यवसाय र मानव अधिकार विषयक छलफल कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उत्पादन र उत्पादकत्वमा हुँदै जाने वृद्धिले लगानीकर्ता र श्रमिकको हक सुरक्षण गर्ने वातावरण निर्माण हुने ढकालको भनाइ थियो ।
साना तथा मझौला उद्यमी फस्टाउने अवसर प्रदान नगरी सबै क्षेत्र अघि बढ्न नसक्ने पनि उहाँले बताउनुभयो । साना उद्यमीको अधिकारका विषयमा पनि सरकार र विकास साझेदारले ध्यान दिनुपर्नेमा उहाँको जोड थियो । त्यसैगरी अनौपचारिक क्षेत्र र त्यहाँ कार्यरत श्रमिकको औपचारिकीकरणका लागि पनि सबै क्षेत्र मिलेर काम गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष ढकालले औपचारिकीकरणका लागि रणनीति बनिरहेको र दिगो आर्थिक विकासका लागि सबैले पहल गर्नुपर्ने बताउनुभयो । साथै उहाँले मानव अधिकारका विषयमा महासंघ संवेदनशील रहेको र जिम्मेवार व्यावसायिक अभ्यासलाई प्रोत्साहित गरेर लगानी आकर्षित गर्न इच्छुक रहेको पनि बताउनुभयो । ढकालले नेपालमा हालै लगानीसम्बन्धी आठवटा कानुन परिमार्जन भएको र लगानी वातावरण सुधार गर्न द्विपक्षीय लगानी सम्झौता ढाँचा अनुमोदन भएको समेत जानकारी दिँदै लगानीको वातावरण निरन्तर सुधार भइरहेकाले लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच