काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको जनाउँदै आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्र ४.९ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ । जुन प्रक्षेपण आर्थिक वर्ष २०८०/८१ को अनुमानित ३.९ प्रतिशतभन्दा बढी हो । एडिबीको पछिल्लो प्रमुख आर्थिक प्रकाशन एसियन डेभलपमेन्ट आउटलुकले अर्थतन्त्र सुधार हुने जनाएको छ ।
अघिल्लो दिन अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ)को टोलीले पनि नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको उल्लेख गर्दै थप सुधारका लागि अझै धेरै काम गर्नुपर्ने जनाएको थियो । आउटलुक सार्वजनिक गर्दै नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आनो कोश्वाले भन्नुभयो, ‘आन्तरिक मागमा वृद्धि, पूर्वाधार खर्चमा तीव्रता र पर्यटनसम्बन्धी सेवाहरूको पुनरुत्थानले कुल गार्हस्थ उत्पादन(जिडिपी) बढ्नेछ ।’
आउटलुकका अनुसार सामान्य मनसुनसँगै समयमै धान रोपाइँ सम्पन्न भएकाले कृषि क्षेत्रको वृद्धि खाद्य भित्र्याउनेसमयको अनुकूलतामा निर्भर रहनेछ । त्यस्तै विद्युत् उत्पादन क्षमतामा वृद्धि भएसँगै औद्योगिक वृद्धिलाई टेवा दिने, पर्यटक आगमनमा वृद्धिले विभिन्न गतिविधि वृद्धिमा सहयोग पुग्न गई सेवा क्षेत्र विस्तार हुने अपेक्षा गरिएको छ । एडिबीले लचिलो मौद्रिक नीति, पुँजीगत बजेटको खर्चलाई तीव्रता दिने योजनासँगै आन्तरिक मागमा थप सुधारका साथै थोक एवं खुद्रा व्यापार, यातायात र भण्डारण तथा घरजग्गा जस्ता व्यावसायिक गतिविधि सुदृढ हुने अपेक्षा गरेको छ ।
चालु आर्थिक वर्षमा मुद्रास्फीति पाँच प्रतिशतभित्रै सीमित गर्ने नेपाल राष्ट्र बैंकको लक्ष्य हासिल हुन सक्ने एडिबीले जनाएको छ । व्यापार घाटामा गिरावट, उत्साहबद्र्धक विप्रेषण आप्रवाह र पर्यटक आगमनमा वृद्धिले गत आर्थिक वर्ष २०८०/८१ मै बाहृय क्षेत्रमा सुदृढ देखिएको छ । तर, आर्थिक वर्ष २०८१/८२ मा चालु खाता घाटा कुल गार्हस्थ उत्पादनको एक प्रतिशतसम्म पुग्न सक्ने एडिबीको प्रक्षेपण छ । तर, मध्यपूर्वमा कुनै पनि भूराजनीतिक तनाव गहिरिएको खण्डमा नेपालको विप्रेषण आयमा असर पर्नुका साथै इन्धन र खाद्यान्नको मूल्यमा वृद्धि हुन सक्ने पनि उसले औंल्याएको छ । विश्वव्यापी आर्थिक मन्दीले पर्यटन आयलाई समेत असर गर्न सक्छ । प्राकृतिक विपद् तथा जलवायु प्रकोप नेपालको आर्थिक वृद्धिमा चिरस्थायी जोखिमका रूपमा रहनेछन् । एडिबीले समृद्ध, समावेशी, उत्थानशील र दिगो एसिया तथा प्रशान्त क्षेत्रको विकासमार्फत् चरम गरिबी निवारणको पहल जारी राख्न प्रतिबद्ध रहेको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच