काठमाडाैं । इजरायली लडाकु विमानहरूले बुधवार साँझ पूर्वी र दक्षिणी लेबनानमा गहन हवाई आक्रमण पुनः शुरु गरेको लेबनानी सैन्य स्रोतहरूले बताएका छन् । इजरायली युद्धक विमानहरूले पूर्वी लेबनानको बालबेक, हर्मेल र पश्चिमी बेकाका क्षेत्रमा करिब ७० वटा आक्रमण गरेका छन् ।
सिभिल डिफेन्स र लेबनानी रेड क्रसले भग्नावशेष हटाउन र घाइतेहरूलाई अस्पतालमा स्थानान्तरण गर्ने काम गरिरहेको बताएको छ । लेबनानी स्वास्थ्य मन्त्रालयले लेबनानमा बुधवार जारी इजरायली हवाई हमलाबाट मृत्यु हुनेको संख्या ५१ पुगेको र २२३ जना घाइते भएको बताएको थियो ।
सोमवार र मंगलवार, इजरायलले लेबनानमा २००६ पछि सबैभन्दा ठूलो आक्रमण गरेको छ । जसको परिणामस्वरूप देशभर ५५० भन्दा बढी मृत्यु र १८ सय भन्दा बढी घाइते भएका छन् । लेबनानी वातावरण मन्त्री नासेर यासिनले इजरायलको बमबारीले विगत ७२ घण्टामा १ लाख ५० हजार भन्दा बढी बासिन्दा विस्थापित भएको बताउनु भयो ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच