राजविराज । विराटनगरबाट गाईघाटतर्फ आँउदै गरेको यात्रुबाहक बस कोशी ब्यारेजमा खसेको छ ।
गाईघाटतर्फ आउँदै गरेको को १ ख ४६०१ नम्बरको नरसिंह डिलक्स यातायात बिहीबार साँझ ५ः३० बजेको समयमा कोशी ब्यारेजको ३६ नम्बर ढोकामा कोशीमा खसेको प्रहरीले जनाएको छ ।
उद्धारका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीको टोली घटनास्थल गएको डीएसपी एवं प्रवक्ता ढुण्डिराज न्यौपानेले जानकारी दिनुभयो ।
बसमा १७ जना यात्रु सबार रहेको बताइएको छ । गाडीमा सबार सबै यात्रुलाई स्थानीयले उद्धार गरेका छन् । ढोकामा पानी कम रहेकाले बस खसे लगत्तै पुगेका स्थानीयले बसको सिसा फुटाएर सबैलाई बाहिर निकालेका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच