काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आगामी मंसिर २ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता हुने जनाएको छ । आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार मंसिर २ गते बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको छ ।
उहाँका अनुसार सोही दिन साँझ ५ बजेदेखि ६ बजे सम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ । यसैगरी, उम्मेदवारको विरोधमा उजुरी दिने अवधि मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । सोही दिनको दिउँसो ३ बजेदेखि मंसिर ४ गते साँझ ५ बजेभित्र मनोनयन पत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी नामावली प्रकाशन गरिनेछ ।
यसैगरी, मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजे सम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । यसैगरी, दिउँसो ३ बजेदेखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिहृन प्रदान गरिने कार्यक्रम रहेको सापकोटाले बताउनुभयो ।
निर्वाचन कार्यक्रमअनुसार मंसिर १६ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । मतदान सुरु हुनुभन्दा ४८ घण्टा अगाडि अर्थात् मंसिर १३ गते राति १२ बजेपछि प्रचारप्रसार निषेध अवधि लागू हुने आयोगले उल्लेख गरेको छ ।
दुर्घटना, प्रकोप र रोगव्याधिलगायत कारण जनप्रतिनिधिको निधन हुँदा अहिलेसम्म स्थानीय तहका विभिन्न ४० पद खाली छन् । जसमा जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, नगरपालिका प्रमुख एक, गाउँपालिका उपाध्यक्ष चार, नगरपालिका उपप्रमुख एक, गाउँपालिका वडाध्यक्ष नौ र नगरपालिका वडाध्यक्ष २१ गरी ४० पद रहेका छन् ।
उपनिर्वाचन हुन लागेकामध्ये नेपाली कांग्रेसको तर्फबाट दुई जिल्ला समन्वय समिति प्रमुख, तीन पालिका प्रमुख, तीन पालिका उपप्रमुख र १७ वडाध्यक्ष गरी २५ जनप्रतिनिधि निर्वाचित भएका थिए । त्यस्तै, नेकपा माओवादीले दुई पालिका उपाध्यक्ष र पाँच वडाध्यक्ष गरी जम्मा सात पद जितेको थियो । नेकपा एमालेले ६ वडाध्यक्ष जितेका थिए । जनता समाजवादीले जितेको एक वडाध्यक्ष र स्वतन्त्र (कैँची) ले जितेको एक वडाध्यक्ष पद पनि रिक्त रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच