वट्टावा । आइसिसी विश्वकप लिग टुमा क्यानडाले लगातार चौथो जित हात पारेको छ । घरेलु मैदानमा आयोजित त्रिकोणात्मक सिरिजको चार खेलमा क्यानडाले जित निकालेको हो । लगातार चौथो जित हासिल गर्ने क्रममा क्यानडाले बिहीबार ओमानलाई ५ विकेटले हराएको हो ।
१९९ रनको लक्ष्य क्यानडाले ४५.३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । क्यानडाका लागि प्रगत सिंहले ९५ बलमा ८३ रनको इनिङ खेल्नुभयो । श्रेयस मोभ्भाले ६० बलमा ३६, ओपनर आरोन जोनसनले २७ बलमा ३१, अर्का ओपनर नवनित धालिवालले ६१ बलमा २५ तथा हर्ष ठाकरले १० रन जोड्नुभएको थियो ।
ओमानका लागि आयान खानले २ तथा कप्तान अकिब इल्यास, जिशान मक्शुद र सकिल अहमदले समान १ विकेट लिनुभएको थियो । त्यसअघि टस हारेर ब्याटिङको निम्ता पाएको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १९८ रन बनाएको थियो ।
टोलीका कश्यप प्रजापती र अकिब इल्यासले अर्धशतकीय इनिङ खेल्नुभयो । कप्तान इल्यासले ९८ बलमा सर्वाधिक ६१ तथा प्रजापतीले सय बलमा ५२ रन बनाउनुभएको थियो । क्यानडाका लागि कलिम साना र प्रगत सिंहले समान २ तथा साद विन जाफर र हर्ष ठाकरले समान १ विकेट लिनुभयो । क्यानडाले पहिलो र तेस्रो खेलमा नेपाललाई तथा दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो ।
नेपालसहित आठ टोली सहभागी लिग टुमा हरेक टोली सन् २०२७ सम्ममा ३६ ओडिआई खेल खेल्नेछन् । अंक तालिकाको शीर्ष चार टोलीले २०२७ मा हुने ओडिआई विश्वकप छनोटमा स्थान बनाउनेछन् । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच