काठमाडौं । बागमती प्रदेश सरकारले सहकारीको ऋण समयमै चुक्ता गर्न सरकारी सदस्यलाई सचेत गराएको छ । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले सहकारीबाट लिएको ऋण समयमै चुक्ता गर्न भनेको हो । मन्त्रालयले सूचना जारी गर्दै जुन सम्झौता वा शर्तबमोजिम ऋण लिएको हो, सोहीबमोजिम ऋणको साँवा र ब्याज सम्बन्धित सहकारी संस्थामा समयमा नै भुक्तान गरी सहकारीमा देखिएको समस्या समाधान गर्न सहयोग गर्न आग्रह गरेको छ ।
सहकारी संस्थाको ऋण तिर्नु नपर्ने भन्ने जस्ता भ्रामक र गैरजिम्मेवारीपूर्ण अभिव्यक्तिका आधारमा ऋण चुक्ता नगर्ने परिपाटीले सदस्यको बचत फिर्ता गर्न असहज परिस्थिति सिर्जना भएको भन्ने गुनासो प्राप्त भएको भन्दै कर्जा चुक्ता गर्न आग्रह गरेको हो । सहकारीबाट सदस्यहरूको बचत रकम नै कर्जाका रूपमा प्रवाह हुने हुँदा सदस्यको बचत फिर्ता गर्न असहज परिस्थिति सिर्जना भएको समेत मन्त्रालयले स्पष्ट पारेको छ ।
ऋणी सदस्यले समयमा नै ऋण भुक्तान नगरे सहकारी संस्थाको ऋण असुली सम्बन्धमा बागमती प्रदेश सहकारी ऐन २०७६ को दफा ६५ र ६६ बमोजिम ऋणी सदस्यको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित निकायमा लेखी पठाउन सकिने व्यवस्थासमेत रहेको भन्दै प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका एवं मापदण्डको बर्खिलाप नहुने गरी कर्जा चुक्ता गर्न मन्त्रालयले आग्रह गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच