इजरायलले गर्‍याे रक्षा खर्च थप गर्दै संशोधित बजेट स्वीकृत

न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडौं । इजरायल सरकारले रक्षा खर्च थप गर्दै संशोधित बजेट स्वीकृत गरेको छ ।

इजरायलको मन्त्रीपरिषद्ले एक संशोधित बजेट पारित गरेको हो । जसमा युद्धबाट प्रभावित भएकाहरुलाई रक्षा र क्षतिप्ूर्तिसहितको अतिरिक्त खर्चको लगभग १५ बिलियन अमेरिकी डलर थपिएको छ ।

उच्च सैन्य खर्चका कारण सबै मन्त्रालयको बजेट कटौति गरिएको छ । १५५ बिलियन अमेरिकी डलरको कुल अद्यावधिक गरिएको बजेटमा सैन्य रिजर्भ, स्थानीय सुरक्षा लगायतमा बढी जोड दिइएको छ ।

यसैबीच युद्ध शुरु भएपछि गाजामा प्यालेस्टानीको मृत्यु हुनेको संख्या २४ हजार १ सय नाघेको छ । इजरायलको आक्रमणले उत्तरी गाजापट्टीको ७० प्रतिशत भन्दा बढी भाग बस्न अयोग्य रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?