
काठमाडौं । सिद्धार्थ बैंकले नेपालीहरूको महान् चाड विजयादशमीको उपलक्ष्यमा आफ्ना ग्राहकका लागि विशेष योजना ल्याएको छ । बैंकले ल्याएको ‘दशैँ टु एक्स रिवार्डस अफर’अन्तर्गत असोज ३० सम्म गरिएको कार्ड वा मोबाइल बैंकिङ कारोबारमा दुई गुणा बढी प्वाइन्ट प्राप्त गर्न सक्नेछन् ।
बैंकले सञ्चालनमा ल्याएको सिद्धार्थ रिवार्डसअन्तर्गत ग्राहकले सिद्धार्थ बैंकको कार्ड प्रयोग गरी पोस, इ-कमर्स र मोबाइल बंैकिङबाट गरेको खरिदमा टपअपका आधारमा रिवार्डसमा सामान्यतः प्राप्त हुने प्वाइन्टको दोब्बर प्वाइन्ट प्राप्त गर्न सक्ने बताइएको छ ।
यसरी आर्जन गरेको पोइन्ट्सलाई हवाई टिकट, होटल, पसल, उपहार कार्ड, बिमा तथा इन्टरनेट बिल पेमेन्टलगायतका विभिन्न सेवा लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सकिनेछ ।
सिद्धार्थ बैंकले अफरमार्फत् ग्राहकलाई डिजिटल कारोबारको लाभमात्र नभई उनीहरूको बैंकप्रतिको विश्वास अझ बलियो बनाउन पनि प्रयास गरेको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच