
काठमाडौं । नेपालको ‘अन्नपूर्ण प्रथम’ले विश्वप्रसिद्ध पर्यटकीय ‘वर्ल्ड टुरिजम माउण्टेन’ का रूपमा मान्यता प्राप्त गरेको छ । चीनको ग्वानजाउ प्रान्तको शिङ्गई शहरमा आयोजित इन्टरनेसनल माउण्टेन टुरिजम एण्ड आउटडोर स्पोर्टस् कन्फ्रेन्समा नेपालको अन्नपूर्ण प्रथमलाई विश्वप्रसिद्ध पर्यटकीय ‘वल्र्ड टुरिजम माउण्टेन’का रूपमा छनोट गरी मान्यता प्रदान गरिएको हो । ३८ देशका १९९ भन्दा बढी संगठनको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरनेसनल माउण्टेनले अन्नपूर्ण प्रथमका रूपमा प्राकृतिक सुन्दरता, जैविक विविधता र सांस्कृतिक महत्वलाई मान्यता दिएको छ । सो अवसरमा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) का अध्यक्ष कुमारमणि थपलियाले संघतर्फबाट उक्त सम्मान ग्रहण गर्नुभएको थियो ।
ईश्वी १९६६ मा स्थापना भएको नाटाले नेपालभरका एक हजार एक सयभन्दा बढी टुर एजेन्सी र टुर अपरेटरको प्रतिनिधित्वसहित दिगो पर्यटन विकास प्रवद्र्धन, नीतिगत संरचना तथा अनुसन्धानलगायत नैतिक, व्यावसायिक अभ्यासको वकालत गर्दै आएकोे छ । नेचुरल ओरियन्टेस श्रेणीअन्तर्गत प्रस्तुत उक्त पुरस्कारले अन्नपूर्ण प्रथमलाई ट्रेकर, पर्वतारोही र प्रकृतिप्रेमीका लागि विश्वव्यापी गन्तव्यका रूपमा मनाउन समर्पित गरेको छ । आठ हजार ९१ मिटर उचाइमा रहेको अन्नपूर्ण मनमोहक दृश्य र चुनौतीपूर्ण मार्गका लागि प्रख्यात छ । उक्त सम्मेलनमा विश्वका ३८ देशबाट चार सयभन्दा बढीको सहभागिता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच