भोजपुर । अविरल बर्षाका कारण आएको बाढीले पुलमा क्षति पुर्यापछि आवतजावतामा समस्या भएको छ ।
शनिवार आएको बाढीका कारण पुल बगाएपछि भोजपुरको दक्षिण हतुवागढी र उदयपुरको बेलका जोडने झोलुङ्गे पुलमा आवतजावत नै बन्द भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्लाको हतुवागढी गाउँपालिका वडा नम्वर ९ चुहार र उदयपुरको बेलका नगरपालिका वडा नम्वर ७ मैनामैनी जोडने दुधकोशी नदीमा रहेको झोलुङ्गे पुलमा अबिरल बर्षाको कारण आएको बाढीले पुलको बिच भागमा रहेको करिव ३० वटा प्लेटहरु बगाई लगेकाले आवतजावत समेत बन्द भएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । सो क्षेत्रमा पुल बाहेका आवतजावतको अरु बिकल्प छैन । सो क्षेत्रमा पक्की पुल बषौ देखि बन्ने अवस्थामा छ ।
पुल बगाएको खवर प्राप्त भएपछि आइतवार प्रहरी चौकी हसनपुरबाट प्रहरी सहायक निरीक्षक हरि बहादुर देउजाको नेतृत्वमा प्रहरी टोलीलाई पुल रहेको क्षेत्रमा पठाईएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । प्रहरी चौकी हसनपुरबाट करिव छ किलोमिटर पुर्वमा सो क्षेत्र पर्दछ ।
पुल बाहेका सो क्षेत्रबाट आवतजावतको कुनै बिकल्प नभएपछि जिल्लाको दक्षिणी क्षेत्र आउने र जाने नागरिकलाई सास्ती भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच