इलाम ।पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाँउपालिकालाई जोड्ने हेंवा खोलामा फड्के निर्माणको काम भएको छ । नेपाली सेनाको रणशेर दल गणको नेतृत्वमा फड्के निर्माण सुरु गरिएको हो ।
पैदल यात्री र मोटरसाईकल वारपार गर्न मिल्ने गरिको फड्के निर्माण थालिएको सेनाले जनाएको छ । निर्माण कार्यमा सेनासहित जनपथ प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको टोली खटिएका छन् ।
दुई दिन भित्रमा फड्के निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको फिदिमका पत्रकार भिम बास्कोटाले जानकारी दिनुभयो ।
अविरल वर्षापछि हेवा खोलामा आएको बाढीले मेची राजमार्ग अन्तर्गतको ‘बेलिब्रिज’बगाएको थियो । ‘बेलिब्रिज’ बगाएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सडक अवरुद्ध भएपछि पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिका तथा ताप्लेजुङ जिल्लासँगको सडक सञ्जाल विच्छेद भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच