काठमाडौं । टेक्नोले आफ्नो नयाँ फोन स्पार्क ३० सी सार्वजनिक गरेको छ । विशेषगरी जेन जी, कलेज विद्यार्थी र ट्रेन्डसेक्टरका लागि डिजाइन गरिएको फोनमा आकर्षक डिजाइन, उच्च कार्यक्षमता र अत्याधुनिक प्रविधिको संयोजन रहेको कम्पनीको दाबी छ । स्पार्क ३० सीको सुरुवाती मूल्य १६ हजार चार सय ९० (छ प्लस १२८ जिबी) र १९ हजार नौ सय ९०(आठ प्लस २५६ जिबी) रहेको छ । अनलाइन र अफलाइन दुवै माध्यममा उपलब्ध फोनले गेमिङ, मल्टिटास्किङ र मनोरञ्जनको उत्कृष्ट अनुभव प्रदान गर्ने बताइएको छ । ५० एमपी एचडी प्राइमरी क्यामेराका साथ १३ महिनाको वारेन्टी र सय दिनसम्म फोन रिप्लेसमेन्ट ग्यारेन्टीसमेत रहेको छ । टेक्नो नेपालका नेसनल पार्टनर सन्तोष भण्डारीले भन्नुभयो, ‘स्पार्क ३० सीले हाम्रो नवीनता र स्टाइललाई नयाँ उचाइमा पुर्याएको छ । यो फोनले युवाको जीवनशैलीसँग मेल खाने विशेषता संयोजन गरेको छ, जसले उनीहरूलाई भिडमा फरक पहिचान दिलाउँछ ।’
टेक्नो मोबाइल इण्डियाका सिइओ अरिजित तलपात्राले भन्नुभयो, ‘टेक्नोले सधैँ आफ्ना ग्राहकलाई नवीनतम प्रविधि र सहज पहुँचयोग्य उत्पादन उपलब्ध गराउने लक्ष्य राखेको छ ।’ कम्पनीका अनुसार टेक्नो ७० भन्दा बढी देशमा सञ्चालन हुने नवीन प्रविधिको ब्राण्ड हो, जसले स्मार्टफोनदेखि स्मार्ट होम उत्पादनको विस्तृत दायरा प्रस्तुत गर्दै आएको छ । स्टप एट नथिङ भन्ने नाराका साथ टेक्नोले उपभोक्तालाई उत्कृष्ट डिजिटल अनुभव दिन प्रेरित गर्दै प्रविधिमा निरन्तर अघि बढ्ने वाचा गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच