झापा । झापामा खोलाले बगाएका थप एक जनाको शव भेटिएको छ । सोमबार बिहान तुलाचन ठेकीटोला सीमा भएर बग्ने किस्नी खोलाले बगाएर बेपत्ता भएका गौरीगञ्ज गाउँलालिका २ कोरोबारीका ६० वर्षीय महेश्वर न्यौपानेको शव भेटिएको हो ।
सोही खोलाको केही दक्षिण किनारमा मंगलबार बिहान उहाँको शव भेटिएको तुलाचन प्रहरीले जनाएको छ। खोला किनारमा हिजो बिहान भैसी बाँध्न जाँदा उहाँलाई खोलाले बगाएको थियो ।
साँझसम्म पनि उहाँ घर नफर्किएपछि खोलाले बगाएको आशंकामा खोजी शुरु गरिएको थियो । घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान अगाडी बढाएको छ ।
त्यसैगरी सोही खोलाले शुक्रबार साँझ ६ बजेतिर बगाएर बेपत्ता भएका कमल गाउँपालिका १ का ३५ वर्षीय टिकाराम चौधरी अझै फेला परेका छैनन् । बाढी आएको बेला खोलामा माछा मार्न गएका चौधरीलाई सोलमारी–गौरादह जोड्ने पुल नजिकबाट किस्ने खोलाले बगाएको हो ।
सोही खोलाको गौरीगञ्ज गाउँपालिका २ र ४ लाई जोड्ने किस्ने खोलाको पुलबाट हामफालेर बेपत्ता भएका गौरीगञ्ज २ का ६० वर्षीय केमालाल ताजुरियाको शव शनिबार साँझ सोही पुलको दक्षिणपट्टि काशघारीमा अड्किएको अवस्थामा भेटिएको थियोे ।
त्यस्तै शुक्रबार दिउँसो नेपाल–भारत सीमा भएर बग्ने जमुना खोलाले साइकलसहित बगाएर बेपत्ता भएकी झापा कचनकवल गाउँपालिका १ झकुवाटोलीकी १४ वर्षीया किशोरी नेहारिका राजवंशी शव आइतबार भारतीय सीमा नजीक भेटिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच