नवलपरासी । नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा आज राति १० बजेदेखि भोलि बिहान ५ बजेसम्म सडक बन्द गरिने भएको छ। नवलपरासी जिल्लास्थित दाउन्ने पहाडको खुर्सानी खोलामा पर्खाल भत्किएर विद्युतको हाइटेन्सन टावर ढलेपछि सडक अवरुद्ध भएको थियो। हिजो दिउँसो ४ बजेदेखि अवरुद्ध रहेको यो सडक आज बिहान १० बजेबाट पुन: सञ्चालनमा आएको छ।
प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठका अनुसार सडक अस्थायी रूपमा मर्मत गरेर दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। तर, थप मर्मत आवश्यक भएकाले राति सवारी साधन रोकेर मर्मत कार्य गरिनेछ। अत्यावश्यक सवारी साधनलाई भने राति पनि सञ्चालन गर्न दिइनेछ।
जिल्ला प्रशासन कार्यालयका अनुसार, अवरुद्ध सडकको भित्तालाई फोडेर मर्मत कार्य भइरहेको छ, र यसले सडकमा ४ मिटरको भासिने समस्या निम्त्याएको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच