
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस संसदीय दलको बैठकमा बाढी(पहिरोबाट भएको मानवीय र भौतिक क्षतिको ब्रिफिङ गर्नुभएको छ ।
मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा गृहमन्त्री लेखकले उद्धार, राहत र घाइतेको उपचारबारे जानकारी गराउनु भएको हो । उहाँका अनुसार सरकारले ७ सयभन्दा बढी मानिसको हेलिकप्टरबाट उद्धार गरेको छ ।
सरकारले तत्काल अस्थायी आवास निर्माण गर्ने र आगामी दिनमा स्थायी आवास बनाउने व्यवस्था मिलाइएको बताउनु भयो । क्षतिग्रस्त संरचनाको मर्मत गरि संचालनका लागि सरकारले काम अगाडि बढाएको गृहमन्त्री लेखकले बताउनु भयो ।
गृहमन्त्री लेखकले गृह मन्त्रालयको सहसचिवको नेतृत्वमा सोमबार ८ वटा टोली बनाएर आजै क्षतिग्रस्त ८ जिल्लामा पठाइएको समेत जानकारी दिनुभयो । नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीले सडक संचालनका लागि काम गरिरहेको उहाँको भनाइ थियो ।
गृहमन्त्री लेखकका अनुसार नख्खु खोलामा टिनको छाप्रोमा उद्धार गर्ने विषयमा सशस्त्र प्रहरी र नेपाल प्रहरी पठाइएको थियो । ुसशस्त्र प्रहरीको बोट पल्टिँदा उद्धारमा समस्या भएको हो । त्यतिबेला नेपाली सेनाले हेलिकप्टर उडाउने भिजिविलिटी नभएको आफूलाई बताएको उहाँको भनाई थियो । एक जना स्थानीयले उद्धार गरेपछि नेपाल प्रहरीकै गाडीमा अस्पताल लगिएको थियो । प्रहरीले सहयोग नगरेको भन्ने होइन,' उहाँले भन्नुभयो, ुचार हजार भन्दा बढीको सरकारले उद्धार गरेको छ । एउटा घटनालाई लिएर सरकारले केही गरेन भन्नू न्यायोचित हुँदैन ।'
सरकारले अहिले पनि राहत र उद्धारको काम भइरहेको गृहमन्त्री लेखकले बैठकमा सुनाउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच