नामिबिया । टी-२० आई क्रिकेटमा अमेरिकाले युएईमाथि पहिलोपटक जित हासिल गरेको छ । नामिबियामा जारी त्रिकोणात्मक टी-२० सिरिजमा अमेरिकाले युएईलाई १५ रनले हराएको हो । यसअघि भएको दुई भेटमा भने १ खेल युएईले जित्दा १ मा बराबरी भएको थियो । १७६ रनको लक्ष्य पछ्याएको युएईले २० ओभरमा ८ विकेट गुमाएर १६० रनमात्र बनाउन सक्यो ।
टोलीका बासिल हमिदले २६ बलमा ३ चौका र २ छक्काको सहयोगमा नटआउट ४४ रन जोड्नुभयो । बिष्नु सुकुमारनले २२ बलमा ७ चौकाको सहयोगमा ३६ तथा अलिशान सरफुले १२ बलमा २१ रन बनाउनुभयो । मोहम्मद फारुकीले १८ तथा आसिफ खानले १६ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । अमेरिकाका लागि अषिशेक पदारकारले ३, नोस्तुश केन्जिके र हरमित सिंहले समान २ तथा जसदिप सिंहले १ विकेट लिनुभयो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७५ रनको योगफल तयार गरेको थियो । अमेरिकाका लागि ओपनर साइतेजा मुककामल्लाले ५४ बलमा ७ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ८५ रन बनाउनुभयो । शायन जाहाँगिरले १९, आन्द्रेस गौसले १७ तथा स्मिथ पटेलले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
युएईका लागि अलि नासिरले ४, मोहम्मद जगदुल्लाले २ तथा बासिल हमिद, जुनैद सिद्धिकी र आयान खानले समान १ विकेट लिनुभयो । जितपछि तीन टोली सम्मिलित टी-२० सिरिजमा अमेरिका शीर्ष स्थानमा उक्लिएको छ । दुई खेल खेलेको युएई दोस्रो स्थानमा छ । आइतबार युएईले नामिबियालाई पराजित गरेको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच