लण्डन । च्याम्पियन लिग फुटबलमा स्पेनिस क्लब रियल म्याड्रिड पराजित भएको छ । साबिक विजेता रियल बिहीबार बिहान फ्रान्सेली टोली लिएसँग १-० पराजित भएको हो । जोनाथन डेभिडले पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उहाँले पेनाल्टीमार्फत् गोल गर्नुभएको थियो । दोस्रो हाफमा दुवै टोलीबाट कुनै गोल हुन सकेन ।
दोस्रो खेलमा लिएको यो पहिलो जित हो भने रियलको पहिलो हार हो । हारसँगै म्याड्रिडको ३६ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । केलियन एम्बाप्पे दोस्रो हाफमा मैदानमा प्रवेश गर्नुभएको थियो । पिएसजी छोडेर रियल म्याड्रिडको जर्सीमा फ्रान्समा आफ्नो पहिलो खेल खेल्नुभएका उहाँले परिणाममा कुनै परिवर्तन ल्याउन सक्नुभएन । दुवैको समान तीन अंक छ ।
लिगकै अर्को खेलमा इंग्लिस क्लब लिभरपुल विजयी भएको छ । इटालियन क्लब बोलोग्नालाई २-० ले पराजित गर्दै लिभरपुलले च्याम्पियन्स लिगमा लगातार दोस्रो जित निकालेको हो । लिभरपुलको जितमा अलिस्टर र मोहमत सलाहले समान १-१ गोल गर्नुभयो ।
अन्य खेलमा बायर्न म्युनिख एस्टन भिल्लासँग १-० ले पराजित हुँदा मोनाको र डिनामो २-२ को बराबरीमा रोकिए । इटालियन क्लब युभेन्ट्सले आरबी लिपेइजलाई ३-२ गोलले पराजित गर्यो । यसैगरी, एस्टन भिल्लाले बायर्न म्युनिखलाई १-० ले हराउँदै ऐतिहासिक जित हात पारेको छ । कोलम्बियन स्ट्राइकर जोन डुरानले खेलको अन्तिम ११ मिनेटमा म्यानुएल नुयरलाई चकित पार्दै गोल गर्नुभयो जसले ४१ वर्षपछि च्याम्पियन्स लिगमा फर्किएको भिल्लालाई दुई खेलमा लगातार जित दिलाएको हो । ७९ औँ मिनेटमा डुरानले म्यानुएल नोयरलाई उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो ।
यस्तै, बेन्फिकाले एट्लेटिको मड्रिडलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगमा लगातार दोस्रो जित हासिल गरेको छ । लिस्बनमा भएको खेलमा टोलीले उत्कृष्ट प्रदर्शन गर्दै एट्लेटिको मड्रिडको बचाउलाई धरासायी बनाएको हो । केरम अक्तुरकोग्लु, एन्जल डी मारिया, अलेक्जेन्डर बाह र ओरकुन कोक्चुले गोल गर्दै बेन्फिकालाई महत्वपूर्ण जित दिलाउनुभयो ।
यता, इटालियन क्ल्ब एटलान्टाले युक्रेनी क्लब शख्तर डोनेस्कलाई ३-० ले हराउँदै सन् २०१९ को नतिजा दोहोर्याएको छ । पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै खेल जित्ने आधार तयार गरेको थियो । डिम्सिटी, लुकम्यान र बेलानोवाकाले एक-एक गोल गर्दा एटलान्टाले तीन अंक हासिल गर्दै आफ्नो अपराजित यात्रा जारी राखेको छ । यसैगरी, नेदरल्याण्ड्सको फेयेनुर्ड विजयी भएको छ । स्पेनिस क्लब जिरोनाकै मैदानमा फेयेनुर्डले ३-२ गोलको पुनरागमन जित दर्ता गरेको हो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच