
काठमाडौं । पेस्ट्री शेफ हृयुमन लिम्बु, पेस्ट्री र बेकरी शेफ विधामा एनएल इन्टरनेशनल अवार्डबाट सम्मानित हुनुभएको छ । उहाँ मध्यपूर्वकै सर्वश्रेष्ठ शेफ बेकर २०२४ को उपाधिबाट सम्मानित हुनुभएको हो । लिम्बुले आतिथ्य उद्योगमा गरेको उल्लेखनीय योगदानको कदर गर्दै न्यूजलाइन्स मिडियाले दुबईको हिल्टन होटलमा आयोजना गरेको अवार्ड समारोहमा उक्त अवार्ड प्रदान गरिएको हो ।
१९ वर्षभन्दा बढीको अनुभवका साथ, हृयुमनले मध्यपूर्वमा १७ वटा पाँच-तारे लग्जरी, अल्ट्रा–लक्जरी र डिलक्स होटलहरू स्थापना गर्नमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । यसका साथै लिम्बुले दुईवटा कन्फेसनरी उत्पादन गर्ने कम्पनीको विकासमा योगदान पुर्याएउनुभएको छ । उहाँको विशेषज्ञता विभिन्न विधा तथा क्षेत्रहरूमा फैलिएको छ, जसमा ठूलाठूला होटलदेखि बुटिक पेस्ट्री पसल र विश्वव्यापी उत्पादनसम्म छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच