काठमाडौं । घरेलु टोली क्यानडा एचपीसँगको तीन खेलको एकदिवसीय सिरिज नेपालले जितेको छ । तेस्रो तथा अन्तिम खेलमा एचपीलाई १० रनले पराजित गरेसँगै नेपालले सिरिज २-१ ले जितेको हो । पहिलो खेलमा तीन विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा २० रनको जित निकालेको थियो ।
करण केसी र कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शन प्रेरित नेपालले तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा १० रनको जित निकालेको छ ।
नेपालले प्रस्तुत गरेको १८८ रनको लक्ष्य पछ्याएको क्यानडा एचपी ४४.५ ओभरमा १७७ रनमा समेटियो । एचपीका लागि अली नदिमले ११६ बलमा सात चौका र तीन छक्काको मद्दतले सर्वाधिक ८५ रनको योगदान गर्नुभयोे । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि करण केसीले ९.५ ओभरमा ५५ रन खर्चिंदै पाँच विकेट लिनुभयो । यसैगरी सागर ढकालले दुई तथा आरिफ शेख, रिजन ढकाल र ललितनारायण राजवंशीले समान एक विकेट हात पार्नुभयो ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४८.३ ओभरमा सबै विकेट गुमाउँदै १८७ रनको योगफल तयार पारेको थियो । नेपालका लागि कुशल भुर्तेलले ७० बलमा पाँँच चौकाको मद्दतले सर्वाधिक ५२ रनको योगदान गर्नुभयो । यसैगरी आरिफ शेखले ४०, सोमपाल कामीले २७ र अर्जुन साउदले १७ रन जोड्नुभयो । एचपीका लागि जाहिद शिर्जादले तीन तथा सुखिन्दर सिंह र सहिल पटेलले समान दुई विकेट लिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच