भोजपुर । केही समय अगाडीको अविरल बर्षाका कारण पीडित बनेका तीन परिवारलाई जस्तापाता सहयोग गरिएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स धनकुटा उपशाखाले बुधवार धनकुटाका तीन परिवारलाई जस्तापाता सहयोग गरेको हो । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अविरल बर्षाका कारण पहिरोबाट पीडित बनेका धनकुटा नगरपालिका वडा नम्वर १ त्रिशुलेका गोमादेवी सिद्धाली, मानबहादुर कार्की र मनमाया राईको तीन परिवारलाई तीन बण्डलका दरले जस्तापाता र त्रिपाल राहत स्वरुप उपलब्ध गराईएको उपशाखा प्रमुख दिपक बस्नेतले बताउनुभयो ।
उपशाखा प्रमुख बस्नेतको अध्यक्षता तथा वडाध्यक्ष ओङ्दी तामाङको प्रमुख आतिथ्यमा एजेन्सी मेनेजर दिपेन्द्र निरौला, बेसराज खत्री, मुकुन्द प्रसाद शर्मा लगायतको उपस्थितीमा पीडित परिवारलाई जस्तापाता बितरण गरिएको उपशाखाले जनाएको छ ।
जस्तापाता सहयोगले आफुहरुलाई सहजता भएको पीडित परिवारले बताउनु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच